‘निगालीको सुन्तला’ कैलालीको पहिचान
धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो ।
सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र कसैले दुई किलोका दरले उक्त सुन्तला खरीद गरे । कैलालीको पहाडी क्षेत्र निगालीमा उत्पादन हुँदै आएको सुन्तला निकै स्वादिलो हुने गरेका कारण सो क्षेत्र सुन्तला उत्पादनमा पहिचान बनाएको छ ।
“कैलाली जिल्लाको पहिचान नै निगालीमा उत्पादन हुने स्वादिलो सुन्तला हो”, उक्त सुन्तला खरीद गर्दै गरेका स्थानीबासी नवराज जोशीले भन्नुभयो ।
निगालीमा यस वर्ष समयमै वर्षा भएका कारण सुन्ताला उत्पादन वृद्धि भएको पाइएको व्यापारी धामीले बताउनुभयो । “बगैँचामा यतिबेला सुन्तला थोकमा खरीद गर्ने व्यापारीको तानातान छ”, धामीले भन्नुभयो, “व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरीद गर्ने गरेका छन् ।” निगाली क्षेत्रमा यस वर्ष एउटै रूखमा पाँच क्विन्टलसम्म सुन्तला फलेको पाइएको अर्का व्यापारी मनोज धामीले बताउनुभयो । अन्य क्षेत्रको सुन्तलाभन्दा निगालीको सुन्तलाको माग बजारमा बढ्दै गएको सुन्ताला व्यापारी बताउँछन् ।
सुन्तला उत्पादक स्थानीय कृषकका अनुसार यस वर्ष समयमै वर्षा भएकाले सुन्तला उत्पादन पनि वृद्धि भएको छ । यस वर्ष निगाली र आसपासका क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहँेलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या देखिने देखिने गरेको बताइएको छ ।
चुरे गाउँपालिकाको निगालीसहित सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयले यस क्षेत्रका स्थानीय कृषकलाई विभिन्न प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।
सुदूरपश्चिमका अन्य जिल्लामा उत्पादन हुने सुन्तलाभन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेको व्यापारीको भनाइ छ । व्यापारी तथा उपभोक्ताबीच निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तला खेतीको विस्तार पनि हुन थालेको छ । अहिले निगालीमा मात्रै व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसान दुई सयभन्दा बढी पुगिसकेको बताइएको छ ।
आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नु भएका कृषक प्रेम आचार्यले भन्नुभयो, ‘‘एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।” निगालीको सुन्तलाको बजार माग बढ्दा अन्य ठाउँमा उत्पादन भएको सुन्तलाई पनि ‘निगालीको सुन्तला’ भन्दै व्यापारीले बिक्री गर्ने नयाँ शैली पनि अपनाउन थालेको पाइएको छ ।
धनगढी, भीमदत्तनगर, अत्तरियालगायत शहरी क्षेत्रमा भित्रिने सबै सुन्तला निगालीको नभए पनि व्यापारीले आफूसँग रहेको सुन्तला बिक्री गर्न निगालीको सुन्तलाको प्रचार गर्दै नयाँ शैली अपनाएर कारोवार गर्ने गरेको कृषक आचार्य बताउनुहुन्छ । उत्पादन क्षेत्रमा थोकमा प्रतिक्विन्टल रु पाँच हजारदेखि रु छ हजारमा खरीद बिक्री हुने सुन्तला धनगढी अत्तरियालगायत बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो रु १०० देखि रु ११० मा बिक्री गर्ने गरेका छन् ।
अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तलाभन्दा स्थानीय जातको सुन्तला स्वादिलो एवं मीठो हुने हुँदा स्थानीय कृषक आफैँ स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका पनि छन् । सुन्तला खेती विस्तार हुँदै गए पनि सिँचाइ योजनाको समस्या, उत्पादन भएपछि सहज रुपमा बजारसम्म सुन्तला पु¥याउन बाटोको असुविधा र उत्पादित सुन्तला भण्डारणका लागि शीतभण्डार लगायतका समस्या रहेको स्थानीय कृषकले बताएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











