भारतीय विधानसभा चुनावमा मोदीको पार्टीलाई गम्भीर धक्का
काठमाडौं– भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको शुरुवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीको अवस्था कमजोर देखिएको छ । तर मध्य प्रदेशमा बीजेपी तथा भारतीय कांग्रेसबीच कडा प्रतिस्पर्धा जारी छ ।
राजस्थानमा पनि बिजेपी पछाडि परेको छ र भारतीय कांग्रेसको अग्रता कायम रहेको छ । तेलंगनामा सत्ताधारी टीआरएस पूर्ण बहुमत तर्फ अगाडि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजस्थानमा कांग्रेस ११५ सीटमा अगाडि रहेको छ भने बीजेपी ८० सीटमा अग्रता बनाउन सकिरहेको छ । यस्तै मध्य प्रदेशका पनि कांग्रेको अग्रता कायम रहेको छ । कांग्रेसले ११६ सीटमा अग्रता बनाउँदा बीजेपीले १०२ सीटमा अग्रता बनाएको छ । मध्य प्रदेशमा पछिल्लो १५ वर्षपछि कांग्रेसले मत गणनामा सुरुवाती अग्रता बनाउँदै अगाडि बडेको हो ।
तेलंगना राज्यमा सत्ताधारी टीआरएस अझै बलियो देखिएको छ । शुरुवाती गणना अनुसार टीआरएरस ७९ सीटमा अगाडि छ र कांग्रेस २९ सीटमा छ । दुईमा बीजेपी, तीनमा टीडीपी तथा सातमा अन्य रहेका छन् ।
चुनावी नतिजाको शुरुवाती रुझानामा आफ्नो पार्टी पछाडि परेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको बैठक बोलाएका छन् । शुरुवाती रुझानमा बीजेपी निर्वाचन भएका पाँच राज्यमा नै पछि परेको छ ।
पाँच राज्य मध्ये तीनवटा राज्यमा बीजेपीको सरकार छ । मध्य प्रदेश, राजस्थान तथा छत्तीसगढको चुनावी नतिजाको असर केन्द्रको राजनीतिमा पनि पर्ने छ किनकी केही महिनापछि आम चुनाव हुँदैछ ।
भारतीय कांग्रेसले यी पाँच राज्यमा निकै आश गरेको छ । एग्जिट पोलहरुका अनुसार पाँच राज्यको चुनावमा कांग्रेको अवस्था मजबुद भएको देखाएको छ । मध्य प्रदेशमा बीजेपी पछिल्लो १५ वर्षदेखि सत्तामा रहेको छ जबकि राजस्थानमा पछिल्लो २० वर्षमा हरेक वर्षमा सरकार परिवर्तन भइरहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












