फोटो पत्रकार पक्राउ परेकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार खुसी, पत्रकारमाथि दुर्व्यवहारको यसरी गरे ढाकछोप
काठमाडौँ । फोटो पत्रकार पक्राउ परेकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले खुसी भएको आशय व्यक्त गर्दे ट्वीट गरेका छन् । देश सञ्चार अनलाइन पत्रिकाकी फाटो पत्रकार बर्षा शाहलाई बिहीबार फोटो खिचेकै कारण प्रहरीले पक्राउ गरेको घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सो आशयको ट्वीट गरेका हुन् । उनले अफवाह मात्रै रहेको दाबी गर्दे पत्रकार गिरफ्तारीको समर्थन गरेका छन् ।
घटनाका सम्बन्धमा पक्राउ गर्ने प्रहरीका डिएसपीले गल्ती भयो भनेर मौखिक रूपमा माफी मागे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने घटनालाई अफवाहको रुपमा फैलाउन खोजिएको बताएका हुन् । प्रहरी प्रशासनले गल्ती स्वीकार गरे पनि कुनै समय आफू पनि पत्रकार रहेका अर्यालले भने घटना स्वीकार गर्नुको साटो उल्टै पत्रकारमाथि नै प्रश्न गर्ने खालको ट्वीट गरेका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘अफवाह नफैलाउँ । समय नै नलिइ राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएरै छाड्ने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ रु कानुन बमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्बिर उतार्ने छवीकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन्, सोधखोज गर्न केहीबेर रोक्छन् ।’
हेर्नुहोस् प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको ट्वीट
अफवाह नफैलाऔं। समय नै नलिइ राष्ट्रपति कार्यालमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ?कानुनवमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्वीर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन, सोधखोज गर्न केहीबेर रोक्छन।# responsible journalism
— Kundan Aryal (@TheRealKalamchi) December 14, 2018
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












