तीन लाखले घर बन्दैन, पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज पनि छैन, अब के गर्ने ?
ललितपुर । पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन ।
जिल्लाका शहरी क्षेत्र र ग्रामीण क्षेत्र दुवैतिर बस्ने धेरै लाभग्राहीले प्रवलीकरणमा जान चाहेका छन् । स्थानीय तहले पनि धमाधम सिफारिश गरिरहेका छन् । घर बनाउनका लागि सरकारले अनुदानस्वरुप दिने रु तीन लाख पर्याप्त नभएपछि धेरै लाभग्राही प्रवलीकरणमा जान चाहिरहेको स्थानीय बताउँछन् ।
ललितपुर महानगरपालिकामा रहको लाभग्राहीमध्ये ५०० जनाले प्रवलीकरणमा जान चाहेका छन् । घर नै बनाउनुभन्दा प्रवलीकरण गर्न सहज भन्दै सिफारिस माग्न स्थानीयवासी आइहरेको महानगरपालिकामा कार्यरत इञ्जिनीयर हरिशचन्द्र लामिछानेले बताउनुभयो ।
लाभग्राहीको घर प्रवलीकरण गरेर हुने अवस्थामा स्थानीय तहले सिफारिस गर्दै आएका छन् । अझै पनि धेरै लाभग्राहीले प्रवलीकरणलाई सामान्य मर्मतका रुपमा बुझेको उहाँले बताउनुभयो ।
प्रवलीकरणका विषयमा लाभग्राही मात्रै होइन स्थानीय तहसमेत प्रष्ट नहुँदा प्रवलीकरणकै लाभग्राहीको समेत काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “न त पुनःनिर्माणका लाभग्राही प्रवलीकरणमा सरेका छन् न त प्रवलीकरणकै कुनै काम अघि बढेको छ ।”
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ स्थानीय तहले सिफारिस गरेको गुनासो प्राधिकरणले सम्बोधन नगरेको बताउनुभयो । नगरपालिकामा कतिपय लाभग्रही छुटेको, कति लाभग्राही पुनःनिर्माणबाट प्रवलीकरण जान चाहेकाले सिफारिस गरेको थियो । आफ्नो क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार भएकाले स्थानीय सरकारलाई अविश्वास गर्न नहुने उहाँले बताउनुभयो ।
नगरपालिकामा बन्दै गरेका विद्यालय वा स्वास्थ्य चौकीका बारेमा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले एक त यहाँ गर्ने काममा समन्वय गर्नुपर्छ र हामीले गरेका सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”
शहरी क्षेत्रमा मात्रै होइन प्रवलीकरणका विषयमा गाउँपालिकामा अझै बढी अन्योलता छ । ढुङ्गामाटोको घर कसरी प्रवलीकरण गर्न सकिन्छ भन्ने जनप्रतिनिधि र प्राविधिक दुवै अन्योलतामा छन् । गाउँपालिकामा भएका कतिपय घरको सुर (माथिल्लो भाग) बाटै चर्किएको भए पनि प्राविधिकले भूकम्पलगत्तै कम क्षतिग्रस्तको सूचीमा पारेको वाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले बताउनुभयो । ती घरमा अहिले पनि स्थानीयवासी बस्न सकेका छैनन् । पूरै चर्किएर बस्न नमिल्ने खालका माटोका घर कमेरोले लिपेर मात्रै प्रवलीकरण नहुने उहाँ बताउनुहुन्छ ।
गाउँपालिकाले भूकम्पका लाभग्राहीले जो अहिले टिनको छानामुनि बसिरहेका छन् उनीहरुको गुनासो सिफारिश गरेर पठाइरहेको छ । उहाँले भन्नुभयो, “हामीले गरेको सिफारिसका आधारमा प्रवलीकरणबाट पुनःनिर्माण र पुनःनिर्माणका लाभग्राही प्रलीकरणमा पार्नुपर्छ ।”
कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान पुनःनिर्माण अहिले स्थानीय तहका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको बताउनुभयो । जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेकाले कुन व्यक्तिको घर कम क्षति भएको र कुन व्यक्तिको बढी क्षति भन्ने जानकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएका इञ्जिनीयरले एकै छिन हेरेका भरमा मात्रैभन्दा प्राधिकरणले हामीले भनेको मान्नुपर्छ ।”
जिल्लामा भूकम्पलगत्तै सर्वेक्षणबाट आएका र गुनासोबाट थप भएका गरेर जम्मा प्रवलीकरणका लामग्राही जम्मा एक हजार ३८१ छ । तीमध्ये ४६३ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । ४४६ जना लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् ।
ललितपुर जिल्लाभरमा गुनासोपछि थप भएको समेत गर्दा जम्मा २८ हजार ३८२ लाभग्राही सङ्ख्या छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












