पुसमा पानी जहाज चढ्ने नेपालीको धोको अधुरै, मन्त्री महासेठ भन्छन्– ‘ढुक्क हुनुहोस्, हामी अन्तिम चरणमा पुगिसकेका छौं’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालमा पानीजहाज चलाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले पानी जहाज चढ्नका लागि ढुक्क हुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १ गतेबाट पानीजहाज चढ्न पाइने बताएका थिए ।
मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै भने,‘कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरुबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौं ।
भारतले पनि हामीलाई अहिले पोर्ट प्रयोग गर्न दिएको छ । भारतको झाखण्ड साहेबगञ्ज पोर्टपनि हामीले प्रयोग गर्न गैरहेका छौं । आउने मार्चमा यो उद्धघाट्न हुन गैरहेको छ । यो नेपाललाई नै केन्द्रित गरेर बनाएको सम्झौता हो ।’
मन्त्री महासेठले भौतिक पूर्वाधार क्षेत्रमा पनि सरकारले धेरै फड्को मारेको दाबी गरेका छन् । उनले भने,‘हामीले पूर्वाधार क्षेत्रको विकासमा पनि धेरै फड्का मारिसकेका छौं । तर, यो कुरा काठमाडौंमा बसेर हेर्न सकिँदैन् । हामीले पूर्वाधार क्षेत्रमा हाँसिल गरेका फड्काहरू मिडियासामु ल्याउन सकेनौं । तर, यो क्षेत्रमा धेरै काम भैसकेका छन् । सडकहरु कालोपत्रे भएका छन् । दुई सयभन्दा बढि पुलहरु निर्माण गरेका छौं ।’
त्यस्तै नयाँ–नयाँ राजमार्ग निर्माणको कामहरु पनि थालनी गरिएको उनको जिकिर छ । उनले भने,‘हामी आएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट स्तरोन्नती गर्दै चार लेन पुर्याउने निर्णय गर्यौं । र, अहिले दुई ठाउँबाट काम भैरहेको छ । बुटवलदेखि नारायणघाटसम्म काम भैरहेको छ । र, कमलादेखि कोशी व्यारेजसम्म अर्को महिनामा निर्माण फेज सुरु हुन्छ ।’ आगामी एक वर्षदेखि पूरै महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नती गरिने उनले विश्वास दिलाए ।
त्यस्तै, भुकम्पपछि बन्द भएको अरनिको राजमार्गपनि आगामी मे महिनाभित्रै सुचारु गर्ने उनले जनाए । उनले भने,‘रसुवागढीदेखि स्याफ्रुबेसी मैलुङ हुँदै टोखासम्मको सडकपनि हामी आगामी डेढ वर्षभित्रै सम्पन्न गर्न गैरहेका छौं ।’ चीनसँगको कनेक्टिभिटीपनि जोडिन गैरहेको उनले सुनाए । उनले भने,‘बेनी–जोमसोम कोरला राष्ट्रिय गौरवको योजना छ, त्यो पनि हाम्रो करिब करिब ५५ प्रतिशत काम सम्पन्न भैसकेको छ । बढिमा दुई वर्षभित्र सम्पन्न गर्न गैरहेका छौं ।’
मदन भण्डारी राजमार्गको कामपनि युद्धस्तरमा भैरहेको उनले सुनाए । त्यस्तै मध्यपहाडी लोकमार्गको कामपनि ३५ प्रतिशत सम्पन्न भैसकेको मन्त्री महासेठले बताए । तराई–मधेशको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग पनि आगामी चुनावसम्म त्यही राजमार्ग हुँदै भोट हाल्न जाने अवस्था सिर्जना गराउने उनले स्पष्ट पारे ।
त्यस्तै उनले आगामी चार वर्षभित्रमा परिक्रमा रोड, रामायण सर्किटलगायत ८ हजार सडकहरु निर्माण गर्न गैरहेको बताए । उनले भने,‘त्यो पनि ब्ल्याक टपहरु निर्माण गर्न गैरहेका छन् । त्यसको योजना बनाएर हामीले कामपनि सुरु गरिसकेका छौं । र यो काम हामी चार वर्षभन्दाअघि नै सम्पन्न गर्छौं ।’
हिजोसम्म सपना हो र हाम्रा प्रधानमन्त्रीले सपना देखाईरहनुभएको छ भनेर प्रचार गरिएको कुरा आज गलत सावित भएको उनको धारणा छ । उनले भने,‘हामीले यो मन्त्रालयले यही डिसेम्बर १२ देखि नै रेल सञ्चालन गर्ने पक्षमा थियौं । हाम्रो सबै डकुमेन्टहरु मिलिसकेको थियो । तर, पछि हामीले सबलिजमा चलाउने होईन, नेपाल सरकारले आँफै किनेर रेलवे सञ्चालन गर्नेगरि हामीले दुई वटा रेल आँफै किन्ने भएका छौं । यसको लागि सरकारले पनि स्विकृति दिईसकेको छ । र, अब किन्ने प्रक्रियाको अन्तिम चरणमा छौं । बढिमा तीन महिनाको समय भारतीय पक्षले दिएको छ । उहाँहरुको प्राईसपनि आईसकेको छ । त्यो मुल्य हामीले स्विकृतपनि गरिसकेका छौं ।’ मन्त्री महासेठले आगामी अढाई महिनापछि आफ्नै लोगो भएको ट्रेन सञ्चालन गर्ने जनाए ।
आगामी चार वर्षभित्र रेलमार्गबाट २८ सय किलोमिटरको रेलमार्गको सञ्जाल बनाउनेपनि उनले महत्वकांक्षी योजना सुनाए । उनले भने,‘हामीले अहिले २२ सय किलोमिटरको डिपिआर तयार गरिसकेका छौं । करिब करिब अन्तिम फेजमा गैसकेका छौं ।’ उनले सम्भवतः यही आर्थिक मसान्तभित्र काँकडभिट्टाबाट र लुम्बिनीबाट निजगढलाई जोड्न गैरहेको पनि सुनाए । महासेठले भने,‘निजगढलाई जयनगर, जनकपुर बर्दिवासबाट जोड्छौं । अब बर्दिवासदेखि निजगढसम्म नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण काम थालिसकेको छ । र, ३५ प्रतिशत काम सम्पन्न पनि भैसकेको छ । २ सय ९ वटा त हामीले जनावर मार्ग निर्माणमध्ये एक सय १५ वटा त हामीले यसअघि नै सम्पन्न गरिसकेका छौं । पुलहरु हामीले धेरै निर्माण गरिसकेका छौं । अब हामीलाई टेण्डर गर्न केही पनि बाँकी छैन् ।’
आगामी चुनावसम्म जनकपुरदेखि निजगढसम्म रेल चलाउने आफूहरुको योजना रहेको उनले सुनाए । त्यस्तै महासेठले निजगढबाट लुम्बिनी पुर्व काँकडभिट्टा र पश्चिमतिर धनगढीसम्म पनि चलाउने योजना रहेको बताए । चीन सरकारसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षले आफूलाई पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाईसकेको बताउँदै उनले भने,‘अब तीन महिनाभित्रमा डिपिआरको अन्तिम टुँगो लगाउनेगरि चीनको बेईजिङमा हाम्रो बैठक हुन गैरहेको छ । एउटा बैठक चीनमा र एउटा बैठक नेपालमा हुन्छ ।’ डिपिआरको मोडालिटी के हुने भन्नेबारे बेईजिङमा हुने बैठकबाट टुँगा लगाउने उनले विश्वास दिलाए ।
त्यस्तै, भारतको आउने रेलको बारेमा पनि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भैसकेको मन्त्री महासेठले सुनाए । उनले भने,‘यो पनि हामी ६ महिनाभित्रमा डिपीआर तयार गर्छौं । हामीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको लागि हामीले डिपीआर तयार पारिसकेका छौं । र कामपनि थालिसकेका छौं ।’ उनले आगामी चार वर्षभित्र आफूहरुले पूर्व–पश्चिम, उत्तर–दक्षिणसम्म रेलमार्गबाट जोड्न लागिएको सुनाए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












