सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित
वीरगञ्ज । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् ।
यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७४/७५ को योजनाअन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मलमैया हुँदै मिर्जापुरसम्म करीब साढे छ किलोमिटर स्ट्रिटसोलार लाइट जडान गर्ने लक्ष्य रहेकामा पहिलो चरणमा ४० लाइट जडान गरिएको छ ।
प्रतिलाइट रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजार लागतमा ४० लाइट जडान गरिएको छ, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले राससलाई भन्नुभयो, बाँकी ४० लाइट दोस्रो चरणको कार्यक्रमअन्तर्गत जडान गरिनेछ ।
भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसलाई रातको समयमा आवतजावत गर्न अप्ठ्यारो हुँदा लाइट जडान भएपछि राति अबेरसम्म मानिस सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












