भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
धादिङ । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् ।
दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने उनी हुन् ६ वर्षीय सिद्धिबहादुर चेपाङ । बिहान गाउँको बाटो हुँदै विद्यालय जान्छन् । अरु विद्यार्थी आउनुभन्दा अलि पहिला नै विद्यालय पुग्ने सिद्धिबहादुर विद्यालय पुग्ने बित्तिकै दिउँसो खाजा बनाउने ठाउँमा हेर्न पुग्छन् । अघिल्लो दिनको मकै वा चिउरा पोखिएको भेटिए टिपेर खान्छन् । अनि त्यतै वरिपरि घुम्छन् । विद्यालयको पढाइ शुरु हुन्छ । उनी पनि त्यतै सामेल हुन्छन् ।
कक्षाकोठामा उनी पस्छन् । अरु पनि सँगै हुन्छन् । कक्षामा पढाउने शिक्षक आउनुहुन्छ । पढाएर जानुहुन्छ तर सिद्धिबहादुरलाई कसले के भनेको हो केही थाहा हुँदैन । कोहीसँग नबोल्ने र पढाएको लेख्नसमेत नआउने भएपछि शिक्षकले समेत चासो दिए । उनी त बहिरा पो रहेछन् । अन्य विद्यार्थी पढाएजस्तो पढाउँदा उसले नबुझ्ने भएपछि खाजा खानको लागि मात्र विद्यालय आएजस्तो भएको छ विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङ भन्नुहुन्छ ।
कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा बहिरा विद्यार्थी उनी मात्र होइनन् । कक्षा १ मा अध्ययनरत इतिमाया चेपाङको अवस्था पनि उस्तै छ । उनी दुई वर्षदेखि कक्षा १ मा अध्ययन गर्छिन् । पढाएको नबुझ्ने भएपछि परीक्षामा उत्तीर्ण हुनसमेत सकिनन् । तर उनी नियमित विद्यालय आउने र दिउँसोको खाजाको भरमा आफूलाई बचाइरहेकी छिन् ।
बहिरा विद्यार्थीलाई पढाउन विशेष ज्ञानसमेत छैन । अरुसरह पढाउँदा नबुझ्ने र हातको इसाराले केही कुरा सिकाएपछि आफूहरुले उनीहरुलाई खाजाको लागि मात्र बोलाएजस्तो भएको प्रधानाध्यापक तामाङको भनाइ छ ।
उनीहरु मात्र होइन, यस विद्यालयमा चेपाङ बालबालिका मात्र पढ्ने भएकाले गाउँभरिका विद्यार्थीमध्ये आधाजसो भोकै विद्यालय आउँछन् । विद्यालयको खाजा कार्यक्रमका कारण उनीहरुलाई बचाउन सकिएको हो । बाबुआमा काममा जान्छन्, उनीहरुका छोराछोरी विद्यालय गएर दिउँसो १ बजे खाजा खाएर त्यही खाजाको भरमा भोलिपल्ट खाजा खान विद्यालय आउने गरेको पाइन्छ । ५५ विद्यार्थी रहेको यो विद्यालय जब गाउँमा खाद्यान्न सकिएर चेपाङ समुदाय खोले र गिठ्ठाको भरमा बस्छन् तब उनीहरुका बालबालिका सबैजसो विद्यालय आउँछन् र विद्यालयले दिएको खाजा खाएर बाँचिरहेका छन् ।
अधिकांशको कपडा छैन । अँगेनाको छेउमा आगो बालेर सुत्ने र बिहान उठेर त्यही लुगा टकटक्याएर लगाएर विद्यालय आउनु उनीहरुको दिनचर्या नै बनेको छ । पृथ्वीराजमार्गको मलेखुबाट एक घण्टा गाडीको बाटो ताल्ती पुगेपछि करीब तीन घण्टाको पैदल दूरी पार गरेपछि पुगिने चोतेस गाउँ गरीबीले गाँजेको र खानका लागि हरेक दिन सङ्घर्ष गर्नुपरेको गाउँ हो ।
गाउँवासीको अवस्था जस्तै विद्यालय भूकम्पपछि निर्माण गर्ने जिम्मा लिएको निकायले समयमा निर्माण नगर्दा एउटै कोठामा चार कक्षा राखेर पढाइरहेका छन् । गाउँमा धेरै बाठाटाठा नभएको र गरीबीका कारण विद्यालयको बारेमा कसैले सोधीखोजी नगरेपछि काम गर्ने निकायले समेत ढिला गरेको गाउँवासीको आरोप छ । रासस
फाइल तस्बिर
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












