मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति
काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ ।
मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । जीप चालकले दिएको क्षतिपूर्तिबापतको रकमले दुर्घटनास्थलमा पत्रकार पराजुलीको स्मारक बनाइने उहाँको परिवारले जनाएको छ । पच्चीस वर्षीय पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर एवं एभीन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्थ्यो ।
बा३च २८७ नं को ल्याण्ड क्रुजर दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारी, टे«ड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्कीसमेतको मृत्यु भएको थियो । जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि मङ्सिर पहिलो साता कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...













