मन्त्रिपरिषद्मा प्रस्ताव लगिंदै, सिन्डिकेट खारेजीपछि अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउने तयारी
काठमाडौं। सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्ने तयारी थालेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले प्राधिकरण गठन गर्न सैद्धान्तिक सहमति लिनका लागि मन्त्रिपरिषद (क्याबिनेट) मा प्रस्तब पेश गरेको छ।
मन्त्रिपरिषदले प्राधिकरणका गठन गर्ने विषयमा सैद्धान्तिक सहमति दिएपछि त्यसका लागि आवश्यक ऐन र नीति तर्जुमा गरिने मन्त्रालयलका एक अधिकारीले जानकारी दिए।
सिन्डिकेट खारेजीलाई संस्थागत गर्नका लागि मन्त्रालयका तत्कालिन सहसचिव केशवकुमार शर्माको संयोजकत्वमा बनेको समितिले पनि प्राधिकरण बनाएर मात्रै सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन यातायात मन्त्रीलाई बुझाएका थियो।
त्यसपछि मन्त्रालयले प्राधिकरण गठन गर्ने वा अरु केही विकल्प खोज्ने भनेर भौतिक पुर्वाधार मन्त्रालयका सहसचिव गोपाल सिग्देलको संयोजकत्वमा विज्ञ सहितको कार्यादल गठन गरेको थियो। कार्यादलको आशय बुझेर प्राधिकरण गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको हो।
यातायातका एक सहसचिवका अनुसार, प्राधिकरण गठन भएपछि संघ, समितिमार्फत रुट लिएर संचालन गर्दै आएका सवारीसाधनले प्राधिकरणमार्फत रुट इजाजत लिनुपर्ने छ। दुर्घटनाको बीमा, घाइतेको उपचार, रुट इजाजत ,व्यवस्थापन लगाएतका विषयहरुसमेत प्राधिकरणको अवधारणामा समावेश गरिएको छ।
प्राधिकरणले रुट तोक्दा सवारीसाधन शहरी क्षेत्रमा र गाउँमा दिनुपर्ने सेवाको प्रतिशत, संचालन गर्नुपर्ने समय, सवारी साधनको मापदण्ड, सेवाको स्तरलगायतका विषयहरुसमेत तोक्ने अधिकार पाउनेछ। मन्त्रिपरिषद्बाट स्विकृति पाएपछि गठन प्रक्रिया र यसको संरचना निर्माण हुनेछ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











