आलेख : बा¥हौँ शताब्दीको राजधानी सिञ्जा ओझेलमा
जुम्ला । गमगढी सडकखण्डअन्तर्गत सिञ्जा हुँदै मुगु रारा ताल पुगिन्छ । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिञ्जा सभ्यता । सरकारले नयाँ गन्तव्यका रूपमा राखेको सिञ्जा नेपाली खस भाषा र खस सभ्यताको उद्गम थलो पनि हो । तर, अहिले सरकारी उदासीनताका कारण सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराट दरबार, कनका सुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति अलपत्र छन् । तिनको भग्नावशेष मात्रै भेटिन्छन् । संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।
विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेका थिए । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम राखेको जनविश्वास छ । ‘जालन्धरकी रानी वृन्दाले बास गरेको’ भनी सिञ्जामा आज पनि पूजा गरिने देवीलाई ‘वृन्दावासिनी’ भनिन्छ । पुराणमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा ‘बिन्नैनी’ भनी उच्चारण गर्ने गरिन्छ ।
खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमाम राज्यलाई आफ्नो साम्राज्यभित्र गाँभेको पाइन्छ । देशले विभिन्न कालखण्ड पार गरे पनि सिञ्जा नेतृत्वको उपेक्षामा परिरह्यो । विगतमा प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट, डा हर्क गुरुङ र शताब्दी पुरुष सत्यमोहन जोशीले कर्णालीको जनजीवनबारे लेखे । यसमा रत्नाकर देवकोटा छुटाउनै नहुने नाम हो । यो सूचीमा शौभाग्य शाह पनि पर्दछन् । अहिले कर्णाली र सिञ्जा सभ्यताबारे डा दीपेन्द्र रोकाया र डा कलबहादुर रोकायाले कलम चलाइरहेका छन् ।
सिञ्जा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान र सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मण कार्यरत रहेको इतिहास भेटिने गरेको छ ।
राज्यको राजधानी रहेको सिञ्जा आफैंमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, सन्न्यासी मस्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन् जुन तराईका ब्राह्मण र क्षेत्रीले मान्ने देवताभन्दा सर्वप्राचीन हुन् भनेर विद्वान्हरूले लेखेका छन्् । यसबाट कर्णालीका खस आदिवासी हुन् भन्न सकिन्छ ।
तत्कालीन खस राज्यको राजधानी रहेको कनका सुन्दरी गाउँपालिका हाडसिञ्जाका ८१ वर्षीय धनलाल हमालले ‘सिञ्जा सभ्यता’ ओझेल पर्दै गएकाप्रति चिन्ता व्यक्त गरे । हमाल मात्रै होइन, सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको भन्दै सिञ्जा सिमपाटीका ४५ वर्षीय भैरव बोहोरा पनि चिन्तित छन् ।
यहाँ विराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ । त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।
‘उइले मेरा दिन थिया र खिर खा भन्या खाइन, अइले मेरा दिन गया र मैको पानी पाइन (उहिले मेरा दिन राम्रा थिए, खिर खा भन्दा खाइनँ, अहिले मेरा दिन गए, मोही पनि पाइनँ)’ भने जस्तै सिञ्जा उपत्यकाको विकास गर्न नसकेकामा स्थानीय बासिन्दा पछुताएका छन् ।
सिञ्जा सभ्यताका अनुसन्धानकर्ता सिञ्जा लुड्कु–९ का वासुदेव उपाध्याय पनि यस्तै गुनासो गर्छन् । “हामी आफैंले सिञ्जा सभ्यताको संरक्षण, प्रवद्र्धन र जगेर्ना गर्न आवश्यक छ, सिञ्जा राज्य शक्तिशाली भएको बेला अपेक्षित विकास गर्न सकेनौं,” प्रतिप्रश्न गर्दै उनले भने – “अब यहाँको विकास गर्ने को छ र ?”
नेपालमा बोलिने सम्पूर्ण भाषा सरकारले संरक्षण गरे पनि नेपाली भाषाको उत्पत्ति भएको खस भाषाका विषयमा सरकारले सुन्न पनि नचाहेको उनी बताउँछन् ।
‘खसिया आखर’ शब्दकोश
कर्णाली प्रदेशको प्रमुख केन्द्र सिञ्जा नेपाली खस भाषाको उद्गम स्थल हो । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आइएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बूढापाकाले खस भाषा बोल्ने गर्दछन्् । युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ ।
चार दरा रहेको जुम्लाको सिञ्जा दरामा खस साम्राज्य भएको बेला बोलिने खस भाषा बोलिन्छ । ब्राह्मण, क्षेत्रीलगायतको बाहुल्य रहेको ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असी दरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा रहेको छ भने चौधबीस दरामा तिब्बती र भोटे भाषासँग खस भाषा प्रभावित छ ।
तत्कालीन सिञ्जाबाट जारी ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिञ्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्य बताउँछन् । एक दशकदेखि ‘खसिया आखर’ शब्दकोश लेखिरहेका छन््, उनी । जुम्लाका एक मात्र संस्कृतिसम्बन्धी जानकारसमेत हुन्, आचार्य । उनले तत्कालीन जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश लेख्न शुरु गरेका हुन् ।
आचार्य खस साम्राज्य रहेका कर्णालीका दैलेख, बाजुरा, मुगु, हुम्ला, डोल्पा र कालीकोट गएर पहिले बोलिने शब्द सङ्कलन गरेको बताउँछन् । उनका अनुसार शब्दकोशमा १० हजार शब्द संगृहीत हुनेछन्् । अहिले शब्दकोश टाइप भइरहेको उनले बताए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...













