पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने
काठमाडौं । इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले शुक्रबार इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो। १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हो।
सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा अध्यक्ष भोजराज भट्टले निवेदन लेख्दै यो जानकारी गराएका हुन्। निवेदनमा अतिरिक्त कर कार्यान्वयन गराउँदा सरकारप्रति नकारात्मक जनगुनासा आएको भन्दै मन्त्रीको रोहबरमा सम्पूर्ण करोकारवाला निकायसँगको सहकार्यमा समिति गठन गरी इन्टरनेटको मूल्य समायोजन गर्ने सम्झौता भएको तर यो सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइएको छ।
‘मन्त्रीज्यू सम्झौताको मूल मर्म भनेको १३ प्रतिशत अतिरिक्त शुल्क पुरानै दररेटमा समायोजन गर्ने, इन्टरनेटको सेवा प्रदायकको माग सम्बोधन गरी शुल्क समायोजन गर्नको लागि नीतिगत सहयोग गर्ने, इन्टरनेट सेवा प्रदायकले पनि समायोजनामा योगदान गर्ने इन्टरनेट सेवामा मूल्य वृद्धि हुने गरी कुनै पनि सरकारी निकायले कामकारबाही नगर्न अनुरोध गर्ने नै थियो’, निवेदनमा भनिएको छ, ‘सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौँ।’
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












