नेकपा स्थायी समिति बैठकः भोलि ओली र प्रचण्डले जवाफ दिने
![](http://news-nepal.com/wp-content/uploads/2018/12/oli_prachanda_dhVRNhI4dK.jpg)
काठमाडौँ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी रह्यो ।
पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।
परराष्ट्रमन्त्री समेत रहेका प्रदिप ज्ञवालीले भने भोलि बोल्नेछन् । आज अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।
भोलीको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वय ओली र दाहालले दिनेछन् । त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए ।
बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए । आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दावी गरेका थिए ।
Comments
अरु समाचार
-
इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि पहल गरिदिनू
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यहाँ कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी...
-
अञ्जनीकुमार र दीपेन्द्रको चलखेल फेल, अन्ततः चारजना डीआईजीको पदावधि थप
काठमाडौं । ठूलो चलखेललाई किनारा लगाउँदै अन्ततः सरकारले सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एकवर्ष थप गरिदिएको छ ।...
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार...