नेकपा स्थायी समिति बैठकः भोलि ओली र प्रचण्डले जवाफ दिने
काठमाडौँ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी रह्यो ।
पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।
परराष्ट्रमन्त्री समेत रहेका प्रदिप ज्ञवालीले भने भोलि बोल्नेछन् । आज अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।
भोलीको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वय ओली र दाहालले दिनेछन् । त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए ।
बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए । आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दावी गरेका थिए ।
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...












