‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन् ?’ हुन भने कसरी ? होइनन् भने कसरी ? कारण यस्तो छ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्वारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन् ?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीचसो पुस्तकको बिमोचन गरिएको हो ।
कार्यक्रममा पार्टीका प्रवक्ता रामप्रकाश पुरीले अहिले भारत र चीनमा एकाधिकार पुँजीको विकासका कारण यी दुवै देश साम्राज्यवादी भएको र विश्व एकाधिकार पूँजीजीको वरिपरि घुमिराखेको अवस्थामा पूँजीको विकसित रूप नै साम्राज्यवाद रहेकोे बताएका छन् ।
उनले भने,‘आउँदै गरेको पार्टीको महाधिवेशनको बिषय बस्तुपनि यिनै कुराहरूमा आधारित रहेकोले यो पुस्तक प्रकाशन गरिएको हो ।’
तेस्रो मुलुकका देशहरू अति विपन्न र विकासोन्मुख देशमाथि पूँजीवादी देशहरूले विभिन्न किसिमका उपनिवेश कायम गर्नको लागि पूँजीको उपयोग गर्ने गर्दछन् भन्दै उनले थपे–‘भारत विस्तारबादी देशभन्दा बाहिर आएर उदारबादी बनेको छ, अबको समाजबाद युद्ध, हतियारले नभएर आर्थिक र वैज्ञानिक विकासले अगाडी बढ्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले उक्त पुस्तकमाथि आफ्नो धारणा राख्दै भारत एकाधिकार पूँजीमार्फत् विश्वमा आफ्नो बित्त अधिकार कायम गर्न लागिरहेको टिप्पणी गरे ।
अहिले अमेरिकी सम्राज्यवादको विश्वमा खतरा रहेको बताउँदै उनले भने,‘ विस्तारवाद भारतको चरित्र रहेको थियोे भने अहिले साम्राज्यवादतर्फ उन्मुख भैरहेको छ ।’
चीन विश्वका तेश्रोे महाशक्ति रहेको बताउँदै शर्माले भारतपनि आफ्नो पँुजी विकास गर्दै एशियामा नै आफ्नो प्रभाव जमाउन सक्ने भैसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले चीन र भारत दुईवटै साम्राज्यवादी मुलुक भएपनि एउटै प्रकृतिले हेर्न नहुने धारणा राखे ।
उनले भने,‘चीनको तुलनामा भारतीय साम्राज्यवाद नेपाल र नेपालीको लागि धेरै खतरा रहेको र नेपाली क्रान्तिको प्रमुख दुश्मन शक्ति रहेको छ, यद्धपी अन्य साम्राज्यवादी शक्तिलाईपनि कमजोर सोच्न मिल्दैन ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












