चन्द्रागिरीमा बुटिक होटल निर्माण अन्तिम चरणमा, यि हुन् होटलमा पाइने सुविधा (फोटोफिचरसहित)
काठमाडौँ । चन्द्रागिरीमा निर्माण भइरहेको पाँचतारे होटलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । एक वर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी चन्द्रागिरी हिल्स लिमिटेडले होटलको निर्माण गरिरहेको हो । बुटिक होटलको अवधारणा अनुसार निर्माणको काम भइरहेको चन्द्रगिरी हिल्स लिमिटेडका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर अभिशेक विक्रम शाहले न्युज–नेपाललाई जानकारी दिए । उनले भने,‘यो नेपालकै नमुना होटल बन्नेछ ।’ होटललाई सकभर छिटो संचालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ ।’
होटलको आकर्षण
होटलको बाहिरी बनावटदेखि भित्री भागसमेत ऐतिहासिक झझल्को दिने काष्ठकलाको प्रयोग हुनेछ । होटलको बाहिरी भागमा मन्दिरको जस्तै टुँडाल र भित्रीभागमा ऐतिहासिक तथा पुरातात्त्वहिक चित्र कुँदिएका हुनेछन् । जुन होटलको मुख्य आकर्षण बन्ने निर्माण कम्पनीको भनाइ छ । म्यानेजर शाहाले होटल ऐतिहासिक बन्ने बताए । उनले भने, ‘ऐतिहासिक महत्त्व बोकेको चन्द्रगिरी डाँडामा होटल पनि ऐतिहासिक नै बन्नेछ,’ उनले थपे, ‘जसले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने छ ।’
ऐतिहासिक महत्त्व
तत्कालिक समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले सोही स्थानबाट काठमाडौंमाथि आँखालगाई विजय प्राप्त गरेका कारण सो स्थानमा उनकै (गोरखा दरबार) दरवरजस्तो होटल निर्माण गर्न लागिएको हो । त्यसैले गोरखा दरबारको डिजाइनमा होटल बनिरहेको छ । सो स्थान र राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक महतत्त्व जोडिएका कारण होटल पनि गोरखा दरबारकै डिजाइन बनाइएको हो ।
खर्च
१ अर्ब २५ करोड लागत होटल निर्माणको खर्च १ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । चन्द्रगिरी हिल्सले यसै स्थान आसपासमा ३ अर्ब ५० करोडको लागतमा मेगा प्रोजेक्ट बनाइरहेकोमा होटल निर्माणका लागि मात्र सो रकम छुट्याइएको हो ।
सुविधा
विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होटलमा एकसय बेडरुम हुेनछन् । डिलक्स रुम पनि हुने । चन्द्रागिरी हिल्सले सो स्थानमा केवलकार, भ्यू टावर, रेष्टुराँ, फनपार्क, सेमिनार हलनिर्माण सम्पन्न गरिसकेको छ । होटलसम्म थानकोटबाट गल्फकार्ड (बग्गी जस्तो विद्युतिय गाडी) र केवलकारबाट पुग्न सकिने छ । अहिले त्यहाँ पुग्न केवलकारको प्रयोग भइरहेको छ । होटल संचालनमा आएसँगै गल्फकार्ड समेत संचालनमा ल्याइने म्यानेजर शाहले जानकारी दिए । होटलमा एकसय वटा बेडरुम हुनेछन् भने २ वटा रेष्टुराँ र स्वीमिङपुल रहनेछ । यस्तै २ वटा टेनिसकोर्ट, २ वटा हेलिप्याट ल्याण्ड गर्ने ठाउँ र ३ वटा कन्फ्रेन्स हल हुनेछ । सो रिसोर्टको सबै कोठाबाट वरिपरिको स्थानको अवलोकन गर्नु सकिनुका साथै हिमालको समेत दृश्यवलोकन गर्न सकिनेछ ।
सबै तस्बिर : रमेश दवाडी/ न्युज-नेपाल
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












