मनाङ दुई खेल अघि नै च्याम्पियन बन्ला ? आज खेलले हुने छ छिनोफानो
काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हुने खेलमा संकटा क्लबलाई पराजित गरे दुई खेल अघि नै उपाधि जित्ने छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आज लिगको शीर्ष स्थानमा रहेको मनाङ र लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलमा मनाङले जित हात पारे कीर्तिमानी जितसँगै मनाङले उपाधि उचाल्ने छ ।
यदि मनाङ संकटा क्लबसँग बराबरी वा पराजित भएमा संकटा र थ्रीस्टारको उपाधि यात्रा कायमै रहने छन् । १०औं खेलसम्म लगातार जित हात पारेको मनाङले ११औं खेलमा पनि शतप्रतिशत जित हात पार्ने लक्ष्यमा रहेको छ ।
संकटा क्लब पनि बलियो प्रतिद्वन्द्वी हो । संकटाले जारी लिगमा पनि निकै राम्रो प्रदर्शन गर्दै आएको छ ।
मनाङको १० खेलबाट ३० अंक रहेको छ । संकटाको भने १० खेलबाट २५ अंक रहेको छ । मनाङभन्दा संकटा पाँच अंकले पछि परेको छ । त्यस्तै लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १० खेलबाट २३ अंक रहेको छ ।
आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लब र च्यासल युथ क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे हुने खेलमा दुवै टिम जितको खोजीमा हुनेछन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












