प्रचण्डलाई बाबुरामको जवाफ : चश्मा फेरिन लागेको त हैन ?
काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको बचाउ गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन्।
सरकारको बचाउ क्रममा प्रचण्डले राजधानीमा धुँवाधुलो कम भएको र मास्क लगाउने मान्छे घटेको बताएका थिए। उनले आफ्नो ललितपुरको घर जाने बाटो मात्र नभइ धेरै सडक कालोपत्रे भएको बताएका थिए।
प्रचण्डपछि संसदको रोष्टमबाट बोलेका पूर्व प्रधानमन्त्री भट्टराईले व्यङ्ग गर्दै सोधे– चश्मा फेरिन लागेको त हैन। उनले प्रचण्डको नाम भने लिएनन्।
‘जनताको घर दैलोमा बसेर सुख दुःख भोगेर आएका मानिसहरु सत्तामा पुग्ने बित्तिकै जनताको सपना र दुःख बिर्सन लागेको त हैन,’ भट्टराईले भने, ‘आलिशान महलमा बस्ने, चिल्ला गाडी चढ्ने, चिल्ला सडकमा कुद्ने अनि धुवाँधुलो देख्दिनँ, केही पनि छैन भन्ने। के यो सुहाउने कुरा हो?’
भट्टराईले प्रचण्डलाई त्रिभुवनसँग तुलना गरे। ‘राजा त्रिभुवनलाई ‘सरकार म भोकै छु’ भन्दा ‘दुध र भात पनि खान पाएनौ’ भन्थे रे,’ भट्टराईले भने, ‘कतै हाम्रा नेता साथीहरुले जनताका दुःख पसिना, ती यथार्थ, जरजर अवस्था बिर्सेर सबैतिर चिल्लो, सबैतिर राम्रो देख्ने, हाँसीखुसी देख्ने भयो भने.. भ्रम हो कि यथार्थ हो।‘
भट्टराईले नयाँ सरकार आएको दश महिनामा समेत आफ्नो ब्रह्मले जनताको जीवनस्तरमा परिवर्तन आएको नदेखेको बताए।
उनले सरकारले अन्तराष्ट्रिय सम्बन्ध सुधार गरेको दावी माथि समेत हमला गरे। प्रचण्डले प्रधानमन्त्रीको भारत र चीन भ्रमणपछि सम्बन्ध राम्रो बनेको बताएका थिए। प्रचण्डले पहिलो विश्वयुद्धसम्म युरोप शक्तिशाली रहेको तर दोश्रो विश्वयुद्धपछि अमेरिका शक्तिशाली रहेको उल्लेख गर्दै अब एसिया र आर्थिक हिसाबले चीन शक्तिशाली बन्ने विश्लेषण संसदमा गरेका थिए।
तर भट्टराईले आफूले नेपालको अन्तराष्ट्रिय सम्बन्ध राम्रो नपाएको बताए। ‘म पनि युरोप अमेरिका अध्ययन भ्रमणको सिलसिलामा गएँ। तर देशको छवि उजेलिएको छैन’, भट्टराईले भने, ‘बरु सरकारको देश र जनताको नेतृत्व गर्ने मान्छेहरु माथि सबैतिरबाट प्रश्न उठिराखेको छ। न उत्तर न दक्षिण न पश्चिम न उत्तर, न कसैको नजरमा पनि यो सरकार र यसका नेताहरु प्रतिको विश्वसनियता मैले देखिनँ।‘
उनले नेपाली नेताको विश्वास कम हुनुको कारण नेपालको भित्री खपतका लागि युद्ध नै गर्न लागेको जसरी प्रस्तुत हुने तर बैठकहरुमा लुत्रुक्क पर्ने कारण रहेको जिकिर गरे।
उनले नेपालले उत्तर र दक्षिणसँगै पश्चिमा शक्तिलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे।
‘बाघ बुढो भए पनि बिरालो हुन्न। दुब्लो बाघ हुन्छ। तीन शक्ति बीच सन्तुलन आवश्यक छ’, भट्टराईको भनाइ थियो।
भट्टराईले संघीयता कार्यान्वयनमा सफलताको कुरा गरे पनि सत्तारुढ दलका मुख्यमन्त्रीले नै सरकारको आलोचना गरिरहेको बताए। उनले निर्मला पन्तको बलात्कार पछि हत्याको घटना ढाकछोपमा संलग्न प्रहरी माथि केरकार नभएकोमा प्रश्न उठाए।
भट्टराईले संविधान संशोधन गर्न ढिलाई भएको तथा संविधानले भनेका स्वायत्त क्षेत्र नतोकिएकोमा आपत्ति जनाए। उनले नयाँ सरकार निरन्तरता भन्दा पनि नयाँ संविधान र व्यवस्था पछि बनेका कारण पूर्वाधारमा काम हुन नसकेमा सरकारको आलोचना गरे।हामीले यो समाचार सेतोपाटी अनलाइनबाट लिएका हौँ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












