प्रचण्डलाई बाबुरामको जवाफ : चश्मा फेरिन लागेको त हैन ?
काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको बचाउ गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन्।
सरकारको बचाउ क्रममा प्रचण्डले राजधानीमा धुँवाधुलो कम भएको र मास्क लगाउने मान्छे घटेको बताएका थिए। उनले आफ्नो ललितपुरको घर जाने बाटो मात्र नभइ धेरै सडक कालोपत्रे भएको बताएका थिए।
प्रचण्डपछि संसदको रोष्टमबाट बोलेका पूर्व प्रधानमन्त्री भट्टराईले व्यङ्ग गर्दै सोधे– चश्मा फेरिन लागेको त हैन। उनले प्रचण्डको नाम भने लिएनन्।
‘जनताको घर दैलोमा बसेर सुख दुःख भोगेर आएका मानिसहरु सत्तामा पुग्ने बित्तिकै जनताको सपना र दुःख बिर्सन लागेको त हैन,’ भट्टराईले भने, ‘आलिशान महलमा बस्ने, चिल्ला गाडी चढ्ने, चिल्ला सडकमा कुद्ने अनि धुवाँधुलो देख्दिनँ, केही पनि छैन भन्ने। के यो सुहाउने कुरा हो?’
भट्टराईले प्रचण्डलाई त्रिभुवनसँग तुलना गरे। ‘राजा त्रिभुवनलाई ‘सरकार म भोकै छु’ भन्दा ‘दुध र भात पनि खान पाएनौ’ भन्थे रे,’ भट्टराईले भने, ‘कतै हाम्रा नेता साथीहरुले जनताका दुःख पसिना, ती यथार्थ, जरजर अवस्था बिर्सेर सबैतिर चिल्लो, सबैतिर राम्रो देख्ने, हाँसीखुसी देख्ने भयो भने.. भ्रम हो कि यथार्थ हो।‘
भट्टराईले नयाँ सरकार आएको दश महिनामा समेत आफ्नो ब्रह्मले जनताको जीवनस्तरमा परिवर्तन आएको नदेखेको बताए।
उनले सरकारले अन्तराष्ट्रिय सम्बन्ध सुधार गरेको दावी माथि समेत हमला गरे। प्रचण्डले प्रधानमन्त्रीको भारत र चीन भ्रमणपछि सम्बन्ध राम्रो बनेको बताएका थिए। प्रचण्डले पहिलो विश्वयुद्धसम्म युरोप शक्तिशाली रहेको तर दोश्रो विश्वयुद्धपछि अमेरिका शक्तिशाली रहेको उल्लेख गर्दै अब एसिया र आर्थिक हिसाबले चीन शक्तिशाली बन्ने विश्लेषण संसदमा गरेका थिए।
तर भट्टराईले आफूले नेपालको अन्तराष्ट्रिय सम्बन्ध राम्रो नपाएको बताए। ‘म पनि युरोप अमेरिका अध्ययन भ्रमणको सिलसिलामा गएँ। तर देशको छवि उजेलिएको छैन’, भट्टराईले भने, ‘बरु सरकारको देश र जनताको नेतृत्व गर्ने मान्छेहरु माथि सबैतिरबाट प्रश्न उठिराखेको छ। न उत्तर न दक्षिण न पश्चिम न उत्तर, न कसैको नजरमा पनि यो सरकार र यसका नेताहरु प्रतिको विश्वसनियता मैले देखिनँ।‘
उनले नेपाली नेताको विश्वास कम हुनुको कारण नेपालको भित्री खपतका लागि युद्ध नै गर्न लागेको जसरी प्रस्तुत हुने तर बैठकहरुमा लुत्रुक्क पर्ने कारण रहेको जिकिर गरे।
उनले नेपालले उत्तर र दक्षिणसँगै पश्चिमा शक्तिलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे।
‘बाघ बुढो भए पनि बिरालो हुन्न। दुब्लो बाघ हुन्छ। तीन शक्ति बीच सन्तुलन आवश्यक छ’, भट्टराईको भनाइ थियो।
भट्टराईले संघीयता कार्यान्वयनमा सफलताको कुरा गरे पनि सत्तारुढ दलका मुख्यमन्त्रीले नै सरकारको आलोचना गरिरहेको बताए। उनले निर्मला पन्तको बलात्कार पछि हत्याको घटना ढाकछोपमा संलग्न प्रहरी माथि केरकार नभएकोमा प्रश्न उठाए।
भट्टराईले संविधान संशोधन गर्न ढिलाई भएको तथा संविधानले भनेका स्वायत्त क्षेत्र नतोकिएकोमा आपत्ति जनाए। उनले नयाँ सरकार निरन्तरता भन्दा पनि नयाँ संविधान र व्यवस्था पछि बनेका कारण पूर्वाधारमा काम हुन नसकेमा सरकारको आलोचना गरे।हामीले यो समाचार सेतोपाटी अनलाइनबाट लिएका हौँ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












