सिगाना ‘सुन्तला गाउँ’, आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या बढ्यो
बागलुङ । विसं २०३७ ताका आफ्नो गाउँमा सुन्तला खेती गर्ने एक्लो किसान हुनुहुन्थ्यो टोपबहादुर खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे । सुन्तलाबाट के आम्दानी होला र भन्ने आशङका थियो । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए ।
तर, सो गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको छ । आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या क्रमशः बढ्दो छ । विरुवा थप्दै जाने र उत्पादन लिने क्रम पनि बढीरहेको स्थानीयवासी बताउँछन् । गाउँमा सुन्तला लगाउने अहिले खड्का मात्रै एक्लो हुनुहुन्न । गाउँका झण्डै डेढ सय किसान सुन्तला खेतीमा लागेका छन् । बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । “शुरुमा सुन्तला खेती गर्दा म एक्लै थिएँ,” ६० वर्षीय खड्काले भन्नुभयो, “अहिले त गाउँभरि सुन्तला छ ।”
खड्काले शुरुमा सय बोट लगाएर सुन्तला खेती शुरु गर्नुभएको थियो । अहिले उहाँको बगैचामा नयाँ पुराना दुई सय सुन्तलाका बोट छन् । वर्षमा चार लाख बराबरको सुन्तला फल्ने खड्काको भनाइ छ ।
अर्का अगुवा किसान अनन्त खड्काले पनि आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । “वार्षिक तीन÷चार लाख सुन्तलाबाट कमाई हुन्छ,” उहाँले भन्नुभयो । अनन्तले पनि विसं २०३८ देखि सुन्तला खेती गर्दै आउनुभएको छ । वडास्तरीय कृषि समितिका अनुसार सिगानामा एक हजार रोपनीमा सुन्तला खेती भइरहेको छ । गत आवमा रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको आँकडा समितिसँग छ ।
असिनाले चुटेका कारण यो वर्ष सुन्तला उत्पादन घटेको समितिका अध्यक्ष रेशम थापाले बताउनुभयो । “यो वर्ष करीब ६५ लाखको सुन्तला फलेको अनुमान छ,” उहाँले भन्नुभयो ।
काठमाडौँ, चितवन, पोखराजस्ता ठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरीद गर्छन् । “कहिँलेकाहीँ बगैँचा ठेक्कामा बिक्री हुन्छ,” थापाले भन्नुभयो, “टिपेर बेच्दा प्रतिकिलो रु ५० देखि ६० मूल्य पर्छ ।”
साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याई बेच्ने गरेका छन् । सिगानामा बर्षेनी सुन्तला खेती विस्तार हुँदै गएको छ । गत आवमा मात्र १४ हजार नयाँ बिरुवा रोपिएको थियो । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइने ‘सुन्तला जोन’का प्रमुख बमबहादुर थापाले बताउनुभयो । उहाँले सन्तुला उत्पादनका लागि सिगाना उर्वर ठाउँ भएको उल्लेख गर्नुभयो ।
किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ । अन्नबाली भन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सिगानासँगै बिहुँ, तित्याङ, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












