दुर्घटनाका घाइतेलाई १५ लाखसम्म उपचार खर्च दिने प्रस्ताव
काठमाडौँ । यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने र मृतकका परिवारको माग गर्ने बीमाबाहेक लाग्ने थप खर्च यातायात समितिहरुले बेर्होर्दै आएका छन् । तर, नयाँ म्यादअनुसार यातायात समितिहरु फागुन मसान्तपछि सबै कम्पनीमा परिणत हुनेछन् ।
कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ । विभागले दुर्घटनामा मृत्यु भएका परिवार, घाइते तथा गम्भीर घाइतेको उपचारमा लाग्ने खर्चको बीमांक रकम दोब्बर बनाउन चाहेको छ । यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाइएको छ ।
विभागले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमाबापतको रकम १० लाख बनाउन प्रस्ताव गरेको छ । हाल यस्तो क्षतिपूर्ति रकम ५ लाख रुपैयाँमात्रै छ ।
यस्तै घाइतेको उपचारका लागि बीमा कम्पनीले ६ लाखसम्म बेहोर्ने गरी बीमा रकम बढाउन प्रस्ताव गरिएको विभागका महानिर्देशक लावण्य ढकालले अनलाइनखबरलाई बताए । हाल सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ३ लाख रुपैयाँ खर्च मात्रै बीमा कम्पनीले बेहोर्ने गरेका छन् ।
अब दुर्घटनामा परेर टाउको तथा नसा सम्बन्धी गम्भीर बिरामी भएकाहरुको उपचारमा १५ लाखसम्म बीमा कम्पनीबाटै खर्च गर्ने गरी नयाँ बीमा नीति बनाउने विभागको प्रस्ताव छ । ‘गम्भीर बिरामीको उपचारमा समस्या नआओस् भनेर १५ लाखसम्मको उपचार गर्ने गरी नयाँ नीति लिँदैछौं,’ ढकालले भने, ‘मन्त्रालयबाट सहमति आएपछि हामी बीमा समितिमा पठाउँछौं । त्यसपछि बीमा पोलिसी परिवर्तन गरेर यसलाई लागू गर्छौं ।’
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि यस विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ । नेपाल इन्स्यारेन्सका सीईओ विजयबहादुर शाहको संयोजकत्वमा गठित समिति अध्ययनकै क्रममा छ । समितिमा एनएलजी, प्रुडेन्सियल, नेको र लुम्बिनी जनरलका सीईओहरु सदस्य रहेका छन् भने समितिका उपनिर्देशक सुशीलदेव सुवेदी सदस्य सचिव छन् । प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












