७ प्रतिशत कर्णालीवासी कम्तीमा १ दिन भोकै
काठमाडौँ । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले न्यायालय, संसददेखि निर्माण क्षेत्रमा व्याप्त बेथितिलाई प्राथमिकतापूर्वक उठाएका छन् । त्यस्तै, प्रधानन्यायाधीशको सुनुवाइमा भइरहेको बिलम्ब र वाइडबडी भ्रष्टाचारबारेका समाचार पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।
निरन्तर संघीय संसद् र सांसद्का गल्ती औंल्याउँदै आएको कान्तिपुरले आज यसका पदाधिकारीहरुको गाडीमोहबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सभामुख र राष्ट्रियसभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसदका पदाधिकारीले एउटा मात्रै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ । तर, सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गर्दै आइरहेको कान्तिपुरको समाचारमा उल्लेख छ । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २–२ वटा गाडी चडिरहेका छन् ।
७ प्रतिशत कर्णालीवासी कम्तीमा एक दिन भोकै हुने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले कर्णालीवासी भोकै बस्नु परिरहेको छ ।
कान्तिपुरका अनुसार, कर्णालीको जनसंख्या करिब ३० लाख छ । यीमध्ये २ लाख १० हजार सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्छन् ।
तमु ल्होसारका अवसरमा सजिएका सुन्दरीहरुको तस्वीर छापेको अन्नपूर्णले वाइडबडीमा भ्रष्टाचार ठहर भएको लेखेको छ । संसदीय उपसमितिले वायु सेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको हो । समाचार अनुसार उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृति गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ ।
समायोजन गरिँदा आकर्षक ठाउँमा पर्न कर्मचारीहरुले ठेगाना परिवर्तन गर्न थालेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ । समाचार अनुसार कर्मचारी समायोजनमा स्थायी ठेगानालाई प्रमुख आधार बनाइने भएपछि १ हजारभन्दा बढी कर्मचारीले ठेगाना परिवर्तन गरिसकेका छन् ।
नयाँ पत्रिकाले ‘हाइड्रोका ‘पप्पु’: २४ ठेक्का अपूरै’ शीर्षक दिएर विभिन्न आयोजनाका ठेक्का लिएर अर्घेल्याइ गर्ने निर्माण कम्पनीबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, इआरएमसी नामक कम्पनीले सडक, पुल, विमानस्थल, सिँचाइ आयोजना अध्ययनको ठेक्का लिने तर काममा भने विलम्ब गर्ने गरेको छ । २० आयोजना उसले ओगटेर बसेको समाचारमा लेखिएको छ ।
राजधानीले ५२ हजार कर्मचारीको विवरण समायोजनका लागि तयार भएको लेखेको छ । सरकारले बुधबारदेखि थालेको समायोजन प्रक्रियामा पाँच दिनभित्रै १२ हजार सहभागी भएको पनि समाचारमा उल्लेख छ ।
कांग्रेस–सरकार दूरी बढेको, निजी विद्यालयले मनपरी शुल्क असुलेकोलगायत विषयलाई पनि आज राजधानीले प्राथमिकताका साथ उठाएको छ ।
नागरिकले ‘न्यायालयमा बिचौलिया राज’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायालयमा अनियमितता रहेको स्वीकारेका छन् । उनले बिचौलियामाथि कारबाही गर्ने प्रतिबद्धता पनि संसदीय सुनुवाइ समितिमा स्वीकारेको समाचारमा उल्लेख छ ।
नेकपामा तीन गुट सक्रिय बन्न थालेको अर्को खबर पनि नागरिकमा छ । नागरिकका अनुसार, सक्रिय गुटहरुले महाधिवेशनको पूर्वाभ्यास दिएका छन् ।
गोरखापत्र दैनिक औपचारिक समाचारहरुले भरिएको छ । उसले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हेर्दाहेर्दैमा परेकोदेखि सुरक्षानीतिबारे छलफल भएकोसम्मका खबर छापिएका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












