‘सरकारले निर्मला हत्या प्रकरणमा कुन दिन मेरो पनि डिएनए टेष्ट गर्न बेर छैन ?’ : केसी (भिडियोसहित)
काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले यस्तो बताएका हुन् ।
स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन्, अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा छ, मैले धेरै भनें, बोलें र आग्रह गरें, कतिले मलाई पद नपाएर छ्टपटाएको भनेर आरोपसमेत लगाए, अब करिब हारेको स्थितिमा छु, ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भयो, त्यसको जिम्मा सेनाले लिन सकेन, देश निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली ईतिहाँस लेखेर सन्ततीहरुलाई झुठो प्रचार गरिँदैछ, किर्तीपुरमा ईतिहास पढ्ने विद्यार्थी छैनन्, अनि भावि दिनहरुमा कसरी हाम्रो ईतिहास बाँच्छ ?’
उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको खुलासा गरेका छन् । केसीले भने,‘कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होईन त्यो समस्याको जड के हो ? त्यो जान्नुपर्छ, यहाँ दलितहरु ख्रीष्टियन बन्दैछन्, गरिबहरु ख्रीष्टियन बन्दैछन्, किन यस्तो भैरहेको छ ? अरु कुनै कारण छ र ? हिन्दु धर्मका कर्मकाण्डीहरुको व्यवहारले गर्दा यस्तो भएको हो, मन्दिरमा पस्नै नदिने ? दलितलाई हेप्ने ? अनि उहाँहरुले विकल्प नखोजेर के गर्नुहुन्छ त ? यहाँ नक्कली हिन्दुहरुले गर्दा यस्तो भैरहेको छ, हिन्दुधर्मले कसैलाई पनि सानो÷ठूलो भन्दैन, हिंसा गर भन्दैन, कुनैबेला जापानले चीनलाई हेप्यो र आज जापानले चीनसँग सरी भन्यो, कुनै ईतिहासमा गल्ति गरिएको थियो, दलितसँग माफी मागेर देशको धर्म, संस्कृति र परम्परा जोगाउँदा ब्रहामणहरुको के जान्छ ? पृथ्वीनारण शाहलाई अनावश्यक रुपमा बिबादमा ल्याउनुपर्ने कुनै कारण छैन् ।’
तल्लो स्तरका मानिसहरुको गोलचक्रमा फसेको हुनाले राजसंस्थाको अस्तित्व धरापमा परेको बताउँदै डा.केसीले भने,‘कमल थापा जस्ता निज स्तरका मानिसहरु राजसंस्था भन्दैछन्, हिन्दुराष्ट्र भन्दैछन्, दोस्रो संविधान सभाको चुनावमा कमल थापाले गाउँमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा लिएर २४ कोटा पाए, त्यो मन्त्री पदको लागि विक्रि गरे, मन्त्री बनेपछि कमल थापाले गणतन्त्र र संघीयताको धुरन्धर समर्थक बने, बाहिर आएपछि फेरी हिन्दुराज्य र राजसंस्था भन्दैछन्, के नैतिकता छ उनमा ? यस्ता बेईमान काम गर्न पाईन्छ ? राजसंस्था भनेको देश जोडेको संस्था हो, यसको गरिमा र महत्व छ ।’
‘सरकारले निर्मला पन्तका हत्यारा रत्नपार्कमा खोज्दैछ’
डा.केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताउँदै निर्मला पन्तका हत्यारा रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाए ।
उनले भने,‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छांैं, निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो, प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गर्छन्, सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ, नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको छ, कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन्, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’
‘होली वाईन’मा गणतन्त्र लरबरायो
त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम कैदीले नक्कली क्रिश्चियनहरु ‘होली–वाईन खाएर लरबराईरहेको दाबी गरे । उनले भने,‘विगत २० वर्षदेखि नेपाल कम्युनिष्टहरु नक्कली कम्युनिष्टहरुको फोहोर मिसाईएको होली खाएर देश डुबाउने काम गरेका छन्, पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति माधव नेपाल यसका जिउँदो उदाहरण हुन, संसारका कम्युनिष्टहरुको शक्तिशाली बिरोधीका रुपमा रहेको विवादित युनिभर्सल पिस फेडेरेसन संस्थाको कमाण्डर बनेका छन्, सरकार राष्ट्र निर्माताको बारेमा विदा कटौती गर्छ, तर यस्ता होली वाईन खाने ठाउँमा गएर उतै सुत्छ, भनिसक्नु छर ?’
पत्रकार कैदीले आधुनिक शिक्षाको नाममा नेपालको बौद्धिक शिक्षालाई सखाप पार्ने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘२०४६ सालको परिवर्तनपछि देश परनिर्भरता र विक्रि हुने मानिसहरुको हातमा पुग्यो, अब जोगाउनको लागि हामी जाग्यौं भने त्यसलाई कसैले रोक्न सक्ने छैन् ।’
कैदीले क्रिश्चियनहरुको डलरमा केही पत्रकारहरु विक्रि भएको पनि गम्भिर आरोप लगाए । ‘ख्रीष्टियनहरुको लगानी र विदेशीहरुको लगानीमा मिडिया खोलेर राज्यका सूचना बिदेशीहरुलाई बेचिरहेका छन् ।’–उनले भने ।
उनले अघि थपे,‘उनीहरुलाई देशभन्दा ठूलो बिदेशीको पैसा भएको छ, होली वाईनमा बरालिरहेको सरकार र यो देशका पत्रकारहरुले के सोच्नुपर्छ भने देश रहेसम्म मात्रै हामी रहन्छौं, देश गुमेपछि हामी कोही रहँदैनौं यो कुराको हेक्का राख्नुपर्छ, होलीको नसामा राज्य चलाउन पाईदैन, माधव नेपाल कम्युनिष्ट नेता होईनन, यहाँनिर उनले अपराध गरेका छन्, देशको शीर झुकाउने काम गरेका छन्, यो गलत छ, आत्मआलोचना गर्नुपर्छ ।’
त्यस्तै कार्यक्रममा सेनाका पूर्व जनरल डा. केशर बहादुर भण्डारीले राष्ट्रिय सुरक्षा नीतिका बारेमा सरकारमा बसेका मन्त्री र व्यक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘राष्ट्रिय सुरक्षा निती–२०७३ लाई फेरीपनि हेरफेर गर्ने कुरा आईरहेको छ, राष्ट्रिय सुरक्षा नीति संविधानपछिको संविधान हो भन्ने कुरा कसैले थाहा पाएका छैनन्, अरुले नबुझेपनि सरकारमा रहेका व्यक्तिहरुले त बुझ्नुपर्ने हो ।’
राष्ट्र निर्माता पृथ्वीनारयण शाहको योग्दानको कदर हुनुपर्ने उनको भनाई छ । ‘केही अतिवादीहरुले शाहको बारेमा भ्रम सिर्जना गरिरहेका छन्’–उनले भने,‘एकता र मेलमिलापको रुपमा पृथ्वीनारायण शाहलाई लिनुपर्छ, एकीकरणको बेलामा कमजोरमाथि शक्तिशाली पक्षले केही दबाउने काम पनि गर्छन्, तर नेपालको ईतिहासमा त्यस्तो भएको छैन्, अर्को कुरा ईतिहासलाई अहिलेको आधुनिक चस्माले हेरिनुहुँदैन, आजको दिनमा सार्वभौम अधिकार गुमेको परिस्थितिमा पनि सोच्न सकेनौं भने हामी चुक्छौं, देश धेरै थरिका आक्रमणको निशानी बन्दैछ, सरकार सजक हुनुपर्छ, जनता पनि जागरुक हुनुपर्छ ।’
भण्डारीले लोकतन्त्रमा बहुमतको कदर सबै प्रक्रियामा लागू हुनुपर्ने बताएका छन् । उनले भने,‘हाम्रो देशमा ५१ प्रतिशत मत ल्याउने राजनीतिक दलहरुले बहुमतको सरकार बनाउँछन्, बिडम्बना ९० प्रतिशत ॐकार परिवार भएको देशलाई हिन्दुराज्य घोषणा गर्न मान्दैनन्, त्यो पनि दोस्रो जनआन्दोलनको कुनै म्याण्डेट थिएन ।’
उनले अघि थपे,‘जनताले चाहेका र यो विषयमा जानकार पनि थिएन्, तत्कालिन समयको शासन सत्ताका २०५ जनाहरुको जथ्थाले चोर बाटोमार्फत संघीयता र धर्म निरपेक्षाता घुसाएका हुन, बहुमत हिन्दुहरुको बसोबास गर्ने देश हिन्दुराज्य नभएर के हुन्छ ? यो लोकतन्त्रको हितविपरित कदम हो, सरकारले यसका बारेमा समयमै सोच्नुपर्छ ।’
‘विश्वका सबैभन्दा सस्तो मानिस नेपाली’
पूर्व जनरल भण्डारीले विश्वका सबैभन्दा लोभी र सस्तो दाममा विक्रि हुने मानिस नेपाली भएको पनि टिप्पणी गरेका छन् । उनले भने,‘हामीले सार्वभौम अधिकार गुमाईसकेको परिस्थिति छ, मैले अघि पनि भनें, राष्ट्रिय सुरक्षा नीतिको कुनै कार्यान्वयन भएको छै्न, अर्कोतर्फ गरिब नेपालीहरु विदेशीहरुको ईशारामा नाँचिरहेका छन् ।’
उनले अघि थपे,‘हाम्रो देशमा दलितहरु किन क्रिश्चियन बने ? किन कम्जोर मानिसहरु ख्रीष्टियन बने ? र बन्दैछन्, यसको एउटै कारण हो, हिन्दु धर्मका नक्कली कर्मकाण्डीहरुको हेपाह प्रवृति र सस्तो पैसामा विक्रि हुनु हो, आफ्नो धर्म पहिचान र सार्वभौम शासनलाई कायम राख्नुपर्छ, कोही ठूलो र सानो छैन्, अरुको ईसारामा नाच्नुहुँदैन, देश गुम्ने खतरा छ, यो कुरा सबैले बुझ्नुपर्छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, यूवराज कोईराला, डिल्लीराम खनाललगायतले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीको अवसरमा उनको योगदानको बारेमा चर्चा गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












