प्रधानमन्त्री हसिनाको पार्टी लगातार तेस्रो पटक बंगलादेशको शक्तिमा

काठमाडौं । बंगलादेशमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले लगातार तेस्रो पटक जित हासिल गरेको छ। हसिना सन् २००९ देखि लगातार बंगलादेशको नेतृत्वमा छिन्।
बंगलादेशको निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री हसिनाले लगातार तेस्रो पटक चुनाव जितेको पुष्टि गरेको हो।
हसिनाको पार्टी अवामी लिगले संसदको कुल ३ सय स्थानमध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ। जितसँगै हसिनालाई चाैथाे पटक प्रधानमन्त्री बन्न बाटाे खुलेकाे छ।
जितकाे कारण प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बंगलादेशका सत्तापक्षीय नेताहरुले बताएका छन्। साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यानमारबाट लखेटिएका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकाेले पनि उनीप्रति विश्वास बढेकाे दाबी गरिएकाे छ।
तर, कतिपय आलोचकहरुले भने प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको आराेप लगाएका छन्।
उता पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाले नेतृत्व गरेको प्रमुख विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टी(बिएनपी) गठबन्धन ७ स्थानमा मात्रै विजयी भएको छ। विपक्षी गठबन्धनको नेतृत्व ८१ वर्षीय वकिल कमाल हुसैनले गरेका थिए। बंगलादेशको संविधान बनाउन महत्वपूर्ण योगदान दिएका हुसैन चुनावी मैदानमा भने उत्रिएका थिएनन्।
बिएनपी प्रमुख जिया भने भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल जीवनमा रहेकोले पनि विपक्षीको अवस्था कमजोर भएको बताइएको छ।
उता बिएनपी गठबन्धनले आइतबार भएको आमनिर्वाचनको निन्दा गर्दै यसलाई ‘हास्यास्पद’ भनेको छ। गठबन्धनले चुनावमा ठूलो मात्रामा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउनुपर्ने मागसमेत गरेको छ। चटगाउँस्थित एक मतदान केन्द्रमा मतदान सुरु हुनुअगावै २ वटा मतपेटिका भरिएको अवस्थामा भेटिएको बिबिसीले लेखेको छ। यसबारेमा निर्वाचन अधिकारीले केही पनि बोल्न इन्कार गरेका थिए।
गठबन्धन नेता हुसैनले भने, ‘हामी निर्वाचन आयोगसँग अनुरोध गर्छौं कि यो हास्यास्पद नतिजालाई रद्द गरियोस्, हामी जोडदार माग गर्छौं, जतिसक्दो चाँडो एक निष्पक्ष सरकार बनाई चुनाव गरियोस्।’
बिएनपीका प्रवक्ताले कुल ३ सय स्थानमध्ये २ सय २१ स्थानका लागि भएको निर्वाचनमा धाँधली भएको दाबी गरे।
बंगलादेशका अन्य मुख्य सहरका कतिपय मतदान केन्द्रमा अन्तिम समयसम्म सत्तारुढ पार्टीका चुनावी एजेन्ट मात्रै देखिएका थिए। मतदान प्रक्रिया सम्पन्न हुन अघिनै मुख्य विपक्षी गठबन्धनका कम्तीमा २८ उम्मेदवार मतदानमा गडबढी भएको भन्दै निर्वाचन स्थलबाट बाहिरिएका थिए।
चुनावी पर्यवेक्षक तथा विपक्षी दलले पहिले नै चुनाव निष्पक्ष रुपमा सम्पन्न हुनेमा आशंका व्यक्त गरेका थिए। तर, सत्तारुढ दलले भने विपक्षी दलले झुटो आरोप लगाएको भन्दै खण्डन गरेको छ।
उता बंगलादेशको निर्वाचन आयोगले पनि केही स्थानमा फर्जी मतदान भएको भन्ने उजुरी परेकोले सो सम्बन्धमा छिट्टै छानबिन गरिने बताएको छ।
करीब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको आमनिर्वाचनमा दुई पक्षबीच भएको झडपमा परी १७ जनाको मृत्यु भएको थियो।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












