प्रधानमन्त्री हसिनाको पार्टी लगातार तेस्रो पटक बंगलादेशको शक्तिमा

काठमाडौं । बंगलादेशमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले लगातार तेस्रो पटक जित हासिल गरेको छ। हसिना सन् २००९ देखि लगातार बंगलादेशको नेतृत्वमा छिन्।
बंगलादेशको निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री हसिनाले लगातार तेस्रो पटक चुनाव जितेको पुष्टि गरेको हो।
हसिनाको पार्टी अवामी लिगले संसदको कुल ३ सय स्थानमध्ये २ सय ८१ स्थानमा जित हात पारेको छ। जितसँगै हसिनालाई चाैथाे पटक प्रधानमन्त्री बन्न बाटाे खुलेकाे छ।
जितकाे कारण प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बंगलादेशका सत्तापक्षीय नेताहरुले बताएका छन्। साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यानमारबाट लखेटिएका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकाेले पनि उनीप्रति विश्वास बढेकाे दाबी गरिएकाे छ।
तर, कतिपय आलोचकहरुले भने प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको आराेप लगाएका छन्।
उता पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाले नेतृत्व गरेको प्रमुख विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टी(बिएनपी) गठबन्धन ७ स्थानमा मात्रै विजयी भएको छ। विपक्षी गठबन्धनको नेतृत्व ८१ वर्षीय वकिल कमाल हुसैनले गरेका थिए। बंगलादेशको संविधान बनाउन महत्वपूर्ण योगदान दिएका हुसैन चुनावी मैदानमा भने उत्रिएका थिएनन्।
बिएनपी प्रमुख जिया भने भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल जीवनमा रहेकोले पनि विपक्षीको अवस्था कमजोर भएको बताइएको छ।
उता बिएनपी गठबन्धनले आइतबार भएको आमनिर्वाचनको निन्दा गर्दै यसलाई ‘हास्यास्पद’ भनेको छ। गठबन्धनले चुनावमा ठूलो मात्रामा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउनुपर्ने मागसमेत गरेको छ। चटगाउँस्थित एक मतदान केन्द्रमा मतदान सुरु हुनुअगावै २ वटा मतपेटिका भरिएको अवस्थामा भेटिएको बिबिसीले लेखेको छ। यसबारेमा निर्वाचन अधिकारीले केही पनि बोल्न इन्कार गरेका थिए।
गठबन्धन नेता हुसैनले भने, ‘हामी निर्वाचन आयोगसँग अनुरोध गर्छौं कि यो हास्यास्पद नतिजालाई रद्द गरियोस्, हामी जोडदार माग गर्छौं, जतिसक्दो चाँडो एक निष्पक्ष सरकार बनाई चुनाव गरियोस्।’
बिएनपीका प्रवक्ताले कुल ३ सय स्थानमध्ये २ सय २१ स्थानका लागि भएको निर्वाचनमा धाँधली भएको दाबी गरे।
बंगलादेशका अन्य मुख्य सहरका कतिपय मतदान केन्द्रमा अन्तिम समयसम्म सत्तारुढ पार्टीका चुनावी एजेन्ट मात्रै देखिएका थिए। मतदान प्रक्रिया सम्पन्न हुन अघिनै मुख्य विपक्षी गठबन्धनका कम्तीमा २८ उम्मेदवार मतदानमा गडबढी भएको भन्दै निर्वाचन स्थलबाट बाहिरिएका थिए।
चुनावी पर्यवेक्षक तथा विपक्षी दलले पहिले नै चुनाव निष्पक्ष रुपमा सम्पन्न हुनेमा आशंका व्यक्त गरेका थिए। तर, सत्तारुढ दलले भने विपक्षी दलले झुटो आरोप लगाएको भन्दै खण्डन गरेको छ।
उता बंगलादेशको निर्वाचन आयोगले पनि केही स्थानमा फर्जी मतदान भएको भन्ने उजुरी परेकोले सो सम्बन्धमा छिट्टै छानबिन गरिने बताएको छ।
करीब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको आमनिर्वाचनमा दुई पक्षबीच भएको झडपमा परी १७ जनाको मृत्यु भएको थियो।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












