जलवायु सम्मेलन गुफाडाँंडा मै किन ?
सिन्धुपाल्चोक । राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्री, पूर्वमन्त्री, प्रदेश नं–३ का मन्त्री, सांसद, सतहत्तर जिल्लाका जिसस प्रमुख, उपप्रमुख, सिन्धपाल्चोकका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित तीन हजारभन्दा बढी स्थानीयवासीको सहभागिता थियो ।
उक्त नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययनसमेत गराइरहेको छ ।
उक्त सम्मेलन गुफाडाँडामै आयोजना भएकाले यो ठाउँकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय क्याउलेथाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरप दोर्जे तामाङ विश्वाश व्यक्त गर्नुहुन्छ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरू लागिपर्ने नेकपाका जिल्ला कमिटी सदस्य बागवीर तामाङ बताउनुहुन्छ ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल चियाखेती सम्भव भए यसैमार्फत नभए अन्य माध्यमबाट भए पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिपर्नेमा जोड दिनुहुन्छ । समुद्र सतहदेखिको दुई हजार ५५० मिटर उचाइमा रहेको उक्त डाँडाबाट दोर्जे लाक्पात थाजुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भूभाग प्रष्ट देख्न सकिन्छ । यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको छ ।
खर्च एक करोड पचास लाख
जिल्ला समन्वय समिति महासङ्घको आयोजना र सिन्धुपाल्चोक जिससको व्यवस्थापनमा भइरहेको उक्त सम्मेलनका लागि रु एक करोड पचास लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङ बताउनुहुन्छ ।
सम्मेलनका लागि मात्र रू ६४ लाख र मेलम्ची गुफा तथा नवलपुर गुफा मोटरबाटो सुधार र आयोजनास्थल निर्माणका लागि समेत गरी रू डेढ करोड खर्च हुने बताइएको छ । सम्मेलनका लागि सामुदायिक तथा वातावरण संरक्षण मञ्च, केयर नेपाल, गुड ह्याड्स नेपाललगायत गैरसरकारी तथा सरकारी सङ्घ संस्थाको सहयोग रहेको आयोजक संस्थाको भनाइ छ ।
गुफाडाँंडा नै किन त ?
जलवायु सम्मेलनपछि सिन्धुपाल्चोक र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नै गुफाडाँडा रोजिएको सिन्धुपाल्चोक जिसस उपप्रमुख बालकुमारी सापकोटा बताउनुहुन्छ । हेलम्बु, मेलम्ची, जुगल हिमाललगायत जिल्लाका पर्यटकीय स्थलको प्रष्ट अवलोकन गर्न सकिने तथा यस क्षेत्रको प्रचारप्रसार पनि हुने उद्देश्यले उक्त स्थानमा कार्यक्रम गरिएको उहाँ बताउनुहुन्छ ।
जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नपर्ने समस्याले आगामी दिनमा खोला बगर मात्रै बाँकी रहने त हैन भन्ने गम्भीर प्रश्नमा पनि छलफल होस् भनेर मेलम्ची खोलाको मुहानसहित हिमशृङ्खला प्रष्ट देखिने उक्त स्थानमा सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ ।
सम्मेलन आजै समापन हुने
‘स्वस्छ नेपाल, स्वस्थ्य नेपाली’ भन्ने नाराकासाथ आयोजित उक्त सम्मेलन साझा ‘सिन्धु घोषणापत्र’ जारी गर्दै आज समापन हुँदैछ । उक्त सम्मेलनमा सोमाबार जलवायु विज्ञका ११ कार्यपत्रमाथि छलफल भएकामा आज पनि प्रस्तुत हुने ११ कार्यपत्रमा छलफल गरिने बताइएको छ । सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी छन् ।
विश्वकै चिन्ताको विषय बन्दै गएको जलवायु परिवर्तनका विषय सशक्त ढङ्गले उठाउँदै स्थानीय तहले त्यसबाट हुने असर कम गर्न पहल गर्न सक्ने उपायबारे छलफल केन्द्रित छ ।रासस
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












