मन्त्रीको भ्रमणमा अढाई करोड स्वाहा, लालबाबु र रवीन्द्र अग्रपंक्तिमा
काठमाडौँ । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा डा. गोविन्द केसीले बुधबारबाट थालेको १६ औं अनसन र नेपाल–जापानबीच भएको हवाई सम्झौता परेको छ । छाउगोठमा आमासहित दुई बालक जलेको बाजुराको दुःखद् खबरलाई पनि आजका पत्रिकाहरुले छापेका छन् ।
नयाँ पत्रिका दैनिकले अन्य आज चर्चामा रहेका भन्दा फरक विषय सांसद्का पिएबारे मुख्य समाचार बनाएको छ । लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन परे पनि सांसद्का पिएलाई भने नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर दिने गरेको समाचारको सार छ ।
नयाँ पत्रिका लेख्छ– सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरुबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसद्का आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरुको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन ।’
बाटो फेला परेको नागरिकता प्रयोग गरेर भएको ठगीबारेको खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ । काभ्रे घर भई कोटेश्वर बस्ने विजयनारायण श्रेष्ठ र रमेश दाहालले बाटोमा भेटेको लीलाप्रसाद श्रेष्ठको नागरिकता दुरुपयोग गर्दै कम्पनी खोलेर ठगी गरेका हुन् । श्रेष्ठको नागरिकताबाट खोलेको कम्पनीले ७८ करोड कर नतिरेको पत्र प्राप्त भएपछि यस्तो तथ्य खुलेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । समाचार अनुसार, एकैपटक ७८ करोड कर तिर्न पत्र आएपछि श्रेष्ठ बेहोस भएका थिए । यो धन्दामा कम्पनी रजिस्ट्रारका सहसचिवको समेत मिलेमतो पाइएको छ ।
कान्तिपुरले मन्त्रीले भ्रमणका नाममा अढाइ करोड सकाएको लेखेको छ । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झक्झकाइरहेका भए पनि १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा अढाई करोड सकाएका छन् ।
कान्तिपुरका अनुसार, सबैभन्दा धेरै भत्ता बुझ्नेमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् । उनले पछिल्लो १० महिनामा जिल्ला भ्रमणका नाममा १३ लाख ८३ हजार ८६० रुपैयाँ बुझेका छन् । धेरै भत्ता बुझ्नेको दोस्रो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र तेस्रोमा गिरिराजमणि पोखरेल पर्छन् । उनीहरुले क्रमशः १२ लाख ९७ हजार ७ सय ७० र १० लाख ३३ हजार ४ सय ७० लिएका छन ।
मन्त्री जगतबहादुर विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० सकाएका छन् भने रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ जिल्ला भ्रमणको नाममा स्वाहा गरेका छन् ।
अन्नपूर्ण र राजधानीले बाजुराको बूढीनन्दा नगरपालिका–९, अगाउँपानीमा मंगलबार राति लागेको आगोमा जलेर आमासहित दुई बालकको ज्यान गएको खबरलाई मुख्य समाचार बनाएका छन् । चिसोका बेला छाउगोडमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया आमा अम्बा बोहोरा, उनको छोरा १२ वर्षीय सुरेश बोहोरा र नौ वर्षीय रमित बोहोरा छन् ।
राजधानीमै निर्मलाको भेजिनल स्वाबमै शंका उत्पन्न अर्को खबर पनि छ । समाचार अनुसार, भेजिनल स्वाबमा शंका उत्पन्न भएपछि वैधानिकता जाँच्न आमाको रगत लिइएको छ ।
गोरखापत्रले नेपाल–जापानबीच हवाई र श्रममा सहमति भएको लेखेको छ । नेपाल र फ्रान्सबीच परामर्श बैठक सुरु भएको, सर्भिस ट्रयाक निर्माण नहुँदा जोखिम बढेकोलगायत खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा कभरेज गरेको छ ।
केसीको अनशनदेखि नेपाल जापान हवाई सम्झौतालगायत विषयमाथि नागरिकले समाचार लेखेको छ । त्यस्तै गुप्तचरमा व्यक्तिकेन्ति नियमावली संशोधन भएको अर्को खबर पनि नागरिकमा छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











