भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय बनाइने
काठमाडौं । सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्र्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्रहालय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो संग्रहालय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको पनि स्पष्ट पारे । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्शांकन कार्य अघि बढाइएको पनि बताए । उनले २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहोर्याए । त्यस अवसरमा प्राधिकरणले हालसम्म १ खरव ६८ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गएको पनि समितिलाई जानकारी गराएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खर्ब ६२ अर्ब रहेकोमा पुनर्निर्माणमा १ खर्ब ६८ अर्ब खर्च भएको बताए ।
उनले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउने गरी स्थानीय तहलाई त्यसको जिम्मेवारी दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्यहरुले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउन प्राधिकरणलाई सचेत गराएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












