अचेल काठमाडौंमा झ्याप्पझ्याप बिजुली किन जान्छ ? कुलमानले खुलाए कारण
काठमाडौं । काठमाडौंमा माग ह्वात्तै बढेकाले झ्याप्पझ्याप बिजुली जाने गरेको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । प्रबन्ध निर्देशक घिसिङले राजधानीको माग र आपूर्ति व्यवस्थाबीच तालमेल नमिल्दा समस्या भएको बताएका हुन् ।
प्रबन्ध निर्देशक घिसिङले भने, ‘बिजुलीको माग ह्वात्तै बढेको छ। पोहोर यतिबेला पिक आवरमा काठमाडौंको माग ३२० थियो, अहिले ४०० मेगावाट पुगेको छ । घिसिङले थपे, ‘जाडो बढेको छ, धेरैले हिटर बाल्छन्, एसी चलाउँछन्। हाम्रो वितरण प्रणाली उही छ। माग धान्न नसकेर ट्रान्सफर्मर पडकिन्छन्। बिजुली झ्याप्पै जान्छ।’
लोड बढ्दा धेरै तात्ने भएकाले कहिलेकाहिँ फिडर लाइनमै समस्या आउँछ। ‘अस्ति सिंहदरबारभित्रको ट्रान्सफर्मर नै जल्यो, महाराजगञ्ज क्षेत्रमा पनि समस्या बढी छ,’ घिसिङले भने।
घिसिङका अनुसार पाटनबाट बानेश्वर जाने ६६ केभीको प्रसारण लाइनमा ओभरलोडको समस्या छ। त्यसैले यो प्रसारण लाइनबाट बिजुली गएका क्षेत्रमा बढी समस्या आइरहेको छ।
माग बढ्दा टान्सफर्मर र फिडर लाइनमा मात्र होइन सवस्टेशनमै ओभरलोड भएका छन्। बत्ती जानुको अर्को कारण बाहिरबाट आउने ट्रान्समिसन लाइनको समस्या पनि हो।
‘कहिले मर्स्यांदीबाट आएको प्रसारण लाइनमा समस्या हुन्छ, कहिले ढल्केबरबाट आउने लाइनमा रूख काटिदिन्छन्,’ घिसिङले भने, ‘ट्रंक लाइनमै समस्या आएपछि काठमाडौंमा असर परिहाल्छ। तर काठमाडौंभित्रको पूर्वाधारको मुख्य कारण हो।’
प्राधिकरणले बिजुली जाने समस्या हल गर्न तत्कालै राजधानीका ५०० वटा टान्सफर्मर परिवर्तन गर्न लागेको छ। तत्कालका लागि केही फिडर लाइन पनि परिवर्तन गर्दैछौं तर यो दीर्घकालीन समाधान होइन, दीर्घकालका लागि राजधानीमा दुई हजार मेगावाटको वितरण प्रणाली बनाउनु पर्छ,’ घिसिङले भने, ‘त्यसका लागि १३२ र २३२ केभी प्रसारण लाइन राख्नुपर्छ। त्यस्तो प्रसारण लाइन भूमिगत बनाउनुको विकल्प अब छैन।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












