वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा पनि मुछिए
काठमाडौँ । शनिबारीय अंकसहित प्रकाशित पत्रिकाहरुमा आज विवेकशील साझा पार्टीको बिभाजन प्रमुख हेडलाइन बनेका छन् । त्यससँगै कान्तिपुर दैनिकले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएको भन्दै मुख्य समाचार बनाएको छ ।
२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफासिरको निर्णय भएको थियो । त्यतिबेला देउवा नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्र नारायण देव उड्डयन मन्त्री रहेको उल्लेख छ ।
नागरिक दैनिकले शिक्षा मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको समाचार छापेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।
अन्नपूर्ण पोष्टका अनुसार सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको चलखेल गर्ने ठेकेदार कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको छ । यसरी म्याद थप्दा एकारित मल चाहिने बेलामा किसानले चर्को अभाव बेहोर्छन् भने अर्कोतिर लाखौं रुपैयाँ घोटाला हुन्छ । ‘मलमा छल, आपूर्तिको म्याद थप्दै लाखौं डलर घोटाला’ शीर्षकमा अन्नपूर्ण पोष्टले यो समाचार छापेको छ ।
नेपाल समाचार पत्र दैनिकले नेपालकै पहिलो नमूना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भइरहेको मुख्य समाचार छापेको छ । धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण गर्न २०७१ सालमा सम्झौता भएको थियो । तर, चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।
नयाँ पत्रिका दैनिकले ‘ठूला व्यवसायीको होटेल मोह’ शीर्षकमा शनिबार विशेष सामग्री प्रकाशित गरेको छ भने गोरखापत्र दैनिकले ‘पृथ्वीनारायण शाहको कामलाई सम्मान’ शीर्षकको मुख्य समाचार छापेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











