‘ज्यानमारा’ छाउगोठ भत्काइयो
काठमाडौँ । बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे ।’
गाउँको अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन् । घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन् । ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन्,’ उनले भनिन् अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ?’
देउती रिसाउछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन् । रिउलीले अबदेखि आफू भने जसले जे भने पनि गोठमा नजाने र घरमै बस्ने बताइन् ।
बाँकी गोठ पनि भत्काउपर्छ । अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यलाई बुझ्दैनन्,’ उनले भनिन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












