‘सिमाना खोज्दै’ उपन्यासमा के छ ?
काठमाडौँ । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् ।
अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । मैनालीले ईतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन् ।
उनले भने,‘म साहित्यकार होईन, म असली पाठक हुँ, विलासीजीले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो, आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होईन, पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो, तर त्यो गलत प्रयास चाहीँ स्थायी हुन सकेन, आधारहिन कुराहरू गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होईन ।’
अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा पुगेको बताउँदै उनले सबैले यसबारेमा सोच्नुपर्ने बेला आएको पनि बताए । उनले थपे,‘सार्वभौमसत्ता रक्षा गर्न सम्पूर्ण नेपालीहरूले एक भएर लाग्नुपर्छ, जातीय, भाषिक र लैंगिक विवादहरू झिकेर देशलाई कमजोर बनाउने काम कसैले गर्नुहुँदैन, पृथ्वीनारारयण शाहले आधुनिक नेपाल निर्माण गर्नको लागि बल प्रयोग गर्नेमात्रै होईन, संयम भएर शासन चलाएको ईतिहास छ।’
शाहका बारेमा तथ्यहरू बिना बोल्नुको कुनै अर्थ नरहने उनको भनाई छ । उनले थपे,‘युद्धको रणनीति शाहकोजति कसैसँग देखिएन, अन्यत्र देशहरूमा पढेलेखेका शासकहरू थिए, तर पृथ्वीनारायण शाहलाई मकवानपुरे राजाहरूले गोठालो भन्थे तर तिनै गोठालोले अंग्रेजहरूलाई परास्त गरेर देश बनाए, जसले यत्रो देश बनाए उनैलाई आधारहिन आरोप लगाएर गाली गर्ने काम भएको छ ।’
त्यस्तै कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कृतिकार विलासीले पृथ्वीनारायणको शालिकमा एक थुङ्गा फूल थप्न सहयोग पुग्नेगरि महत्वपूर्ण पुस्तक बजारमा ल्याएको बताए ।
उनले भने,‘यो उपन्यास सबैले पढ्न जरूरी छ, पृथ्वीनारायण शाहको बारेमा लेखिएको उपन्यासले मन छोएको छ, विलासीजीले पढ्न दिनुभएन । तर, सरस्वती माताले पढ्न दिनेछन् र म पढ्छु, पढेर कतै न कतै लेख्नेछु, आज मलाई पनि किताब लेख्नुपर्छ भन्ने लागेको छ, अबका दुई वर्षभित्र मेरो पनि पुस्तक आउनेछ, पुस्तक प्रकाशन गर्नेछु।’
कार्यक्रममा पुस्तकका टिप्पणीकर्ता बरिष्ठ पत्रकार पुरूषोत्तम दाहालले अंग्रेजहरूले लेखेको गलत ईतिहासका कारण पृथ्वीनारायण शाहलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे ।
उनले भने,‘पृथ्वीनारायण शाहको पालामा नेपालमा लेख्ने चलन थिएन, अंग्रेजहरूले जे–जे लेख,े त्यसैलाई सत्य ठानेर आजका नेपालीहरू उफ्रिन थालेका छन्, जसले देश जोडे, आफ्नो स्वार्थमा कुनै काम गरेनन्, देश बनाए उनैलाई गालि गर्नु उचित होईन।’
उनले पुथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न किन गाह्रो भएको हो ? भन्दै प्रश्नसमेत तेर्साए । दाहालले थपे,‘मोहनचन्द्र अधिकारीले विस्तारवादी, उपनिवेशवादी भन्दै हिँड्नुभयो, परिवर्तनमा कुनै पक्ष बलियो र कमजोर हुन्छ, ३२ पुस्ता किराँतले राज्य गरे, मल्ल बंश, यक्ष बंश, यदुवंश उपत्यकामा नेवारहरूले राज्य गरे, त्यो शासनबाट कोही पीडित थिएनन् ?
त्यस्तै कार्यक्रममा साहित्यकार प्रतिक नेपालले विमोचित उपन्यासमा युद्धको मनोविज्ञान भएको दाबी गरे । उनले भने,‘पृथ्वीनारायण शाहले देश जोडेका थिए, यस उपन्यासले पुस्ता जोड्ने काम गरेको छ, गोरखाली भनेपछि विश्व डराउने गर्छन्, अझैसम्म पनि त्यो शक्तिको प्रभाव छ, पृथ्वीनरायण शाहले देश नजोडेको भए अरू कसैको दासि बन्नुपर्ने थियो ।’
पृथ्वीनारायण शाहको कारण आज विश्वको एकमात्रै स्वाभिमान देश र सार्वभौमसम्पन्न देशको नागरिक भएर बाँच्न पाउनु गर्वको कुरा भएको पनि उनले सुनाए ।
नेपालले थपे,‘नेपालीहरूले बुद्धलाई चुईंगमको रूपमा लिएका छन्, सगरमाथालाई सक्ने भए आफ्नो नाममा बनाईहाल्थे, नेपालीहरू ईतिहासलाई सम्मान गर्न नसक्ने, गाली गर्ने र बस्ने यस्तो पनि हुन्छ ? हुन त हाम्रो देशमा ईतिहास र राम्रो कुराहरूको कदर हुन छाडेको छ, तर यो पुस्तक मदन पुरस्कारको हकदार पुस्तक हुनेछ, मैले यो रूपमा लिएको छु ।’
पुस्तकको प्रकाशन भने किशोरदत्त मिश्र र रोहन आचार्य (रत्ननगर, टाँडी–चितवन) ले गरेका छन् भने मुद्रण बिटी प्रिन्टिङ् प्रेस, शंखमुल काठमाडौंको रहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












