‘सुधारगृहमा निर्धक्क भएर काम गर्ने वातावरण छैन’
काठमाडौं । सुधार गृह सञ्चालहरूले अझैपनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन् । Recovering Society Of Nepal- Reason ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले नागरिकहरूको बारेमा चासो राख्नु राज्यको कर्तव्य रहने बताएका छन् । उनले लागू पदार्थ दुव्र्यसनीमा फसेका नागरिकहरूको बारेमा राज्यले चासो राख्नुपर्ने पनि बताए ।
उनले भने,‘आफ्ना नागरिकहरूको अवस्था के छ ? खान, बस्न र लगाउन पाएको छ कि छैन ? त्यस्ता आधारभुत कुराहरूको बारेमा राज्यले भूमिका खेल्नुपर्छ, खासमा दुव्र्यसनीमा फसेका व्यक्तिहरूको बारेमा सरकार झन् जिम्मेवार रहनुपर्छ ।’
सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताहरूको तर्फबाट भैरहेको अवस्थामा सरकारबाटै साथ नभएको जिकिर गरे । उनले भने,‘सरकारले यस क्षेत्रको बारेमा बरू आवश्यक कानून बनाएर मानिसहरूलाई सुधार गर्ने र सभ्य नागरिक बनाउने काम गर्नुपर्छ, तर त्यसो हुनुको साटो राज्यबाटै सामाजिक अभियान्ता र सञ्चालकमाथि त्रासको वातावरण सिर्जना गर्ने काम भईरहेको छ भन्ने कुरा सुनिँदैछ । यो बिड्म्बना हो, गृहमन्त्रालयसँगै महिला सुधार गृहको बारेमा कुनै तथ्याङ्क छजस्तो मलाई लागेको छैन्, यसको जिम्मेवार पनि गृहमन्त्रालय नै हो ।’
त्यस्तै कार्यक्रममा साहारा नेपाल (महिला) की अध्यक्ष एनी राईले नेपालमा महिला सु्धार गृहको अभाव भएको भन्दै सरकारलाई व्यबस्थापनका लागि आग्रह गरेकी छिन् । उनले भनिन्,‘म पनि पूर्व लागू दार्थ प्रयोगकर्ता नै हुँ, सडकबाट सुधार केन्द्रसम्म पुगेर अहिले सडकमा पुगेका र जीवनबाट निरास बनेकाहरूलाई सुधार गर्ने अभियानमा छु, देशभरमा महिला सुधार केन्द्र पाँचवटा मात्रै छन्, सुधार गर्ने ठाउँ छैन्, सडकमा पुग्ने परिस्थिति छ ।’
लागू पदार्थमा फँसेका महिलाकोबारेमा घर परिवार नै बेखर बन्ने हुँदा सुधार गर्न असहज भएको बताउँदै उनले अघि थपिन्,‘घर परिवारले पनि छोरीलाई हेर्ने दृष्टिकोण बद्लिनुपर्छ, छोरोको लागि जग्गा बेचेर भएपनि सुधारगृहमा राख्ने तर छोरीलाई सडकमा लगेर छोड्ने काम हुनु दुःखद हो, एउटा व्यक्तिलाई महिनामा ३० हजार जति खर्च गरेर उपचार गर्न सकिन्छ, सक्नेले तिरेर राख्छन् तर गरिब परिवारहरूले ३० हजार तिर्न सक्दैनन्, उनीहरूले आफ्नो आफ्न्तलाई छोडिदिन्छन्, यस्तो अवस्थामा सरकारले हेर्नुपर्छ ।’
त्यस्तै Recovering Society Of Nepal- Recson कार्यक्रमका संयोजक रबिन कार्कीले सुधार गृहमाथि प्रशासनले विभिन्न आरोप लगाएर दुःख दिने काम गरेको गुनासो पोखे । उनले भने,‘सुरक्षा प्रसाशनले आधारहिन आरोपहरू लगाएर हामीलाई कहिलेकाहीँ दुःख दिने काम गर्छ, सरकारले गर्नुपर्ने काम हामीले गर्दापनि जस पाइदैन, सुधार गृहका बारेमा सरकारले तत्काल उचित मापदण्ड तय गरि कार्यान्वयन गरोस् भन्न चाहन्छु ।’
उनले भने,‘सुधार केन्द्र सञ्चालकहरूलाई निर्धक्क भएर काम गर्ने बातावरण सिर्जना गरियोस्, सुधार केन्द्रको लागि परामर्शदाता तालिमको आयोजना गरियोस्, सुधार केन्द्रहरूको उपचार पद्धतीमा अध्ययन अनुसन्धान गरि एकरूपता कायम गरियोस् ।’ कार्कीले स्तरीय र उपलब्धिमुलक काम गरिरहेकाहरूलाई पहिचान गरि उनीहरूलाई थप हौसला र सहयोग सम्मान गर्नपनि राज्यसँग माग गरे । उनले थपे,‘लागू पदार्थ सेवनकर्ताहरूलाई पनि अन्य बेचविखन गर्ने व्यापारीहरूजस्तै सजाए नभएर उनीहरूलाई उपचार केन्द्रमा सरकारकै निगरानीमा राखेर उपचार गरिनुपर्ने नयाँ मापदण्ड निर्माण गरियोस् ।’
त्यस्तै अर्का सुधारगृह सञ्चालक वाङ्दे लामाले महिला सुधार गृहका बारेमा सरकार नै गम्भिर हुनुपर्ने बताए ।
उनले भने,‘जीवनको मार्गबाट विचलित बनेकाहरूको बारेमा सरकार गम्भिर बनोस्, बेला बखत हामीलाई त्रासमा पार्ने काम भईरहेको छ, यो ठिक छैन्, महिलाहरूको लागि सुधार गर्नको लागि महिला सुधार गृहको वयबस्था छैन्, हामीले सक्दो गरेका छौं, यसमा पनि राज्यको साथ रहने भनेर कसरी समाज बन्छ?’
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











