थारु समुदायले मनाए माघी
वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् ।
थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम गरेको छैन । त्यसैले बहु उद्देश्य राखेर माघी पर्व मनाएका छौं’ उनले भने ।
ठाउँमा पुगेका थारु अगुवाहरु इमान्दार नभएका कारण थारु समुदायको अधिकार सुनिश्चित नभएको उनको भनाइ छ । थारु संवत २६४३ को अवसरमा वीरगञ्जको आदर्शनगर स्थित स्वीमिङ पुल परिसरमा आयोजना गरिएको माघी महोत्सवमा समेत बोल्ने वक्ताहरुले थारु समुदायको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनीहरुले थारु समुदायको ईतिहासलाई हेरेर त्यसको उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।
समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु एक जुट बनौं भन्ने नाराका साथ आयोजित महोत्सवमा बोल्दै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले थारु समुदायको उचित सम्मान हुनुपर्ने बताए ।
‘धन, ईमान, वचत र कर्मको प्रतीकको रुपमा थारु समुदाय छन्, पुरानो सँस्कति परम्परा भएको थारु समुदायको अधिकार प्राप्तीको आन्दोलनमा सबैले साथ दिनुपर्छ ।’ उनले भने ‘ पर्सागढीमा २ सय वर्ष अघि थारु समुदायकै बलमा वृटिश सेनालाई धपाएको ईतिहास छ, सबै मिलेर अघि बढ्नुपर्छ ।’
न्यायाधीश सत्यमोहन चौधरीले कानुनतः अधिकार स्थापित गर्नका लागि अझै संघर्ष आवश्यक रहेकोमा जोड दिए । महोत्सवको अवसरमा रौतहटको शुभलाल भागवत उच्च मावि सन्तपुरका लागि १६ विगाहा जग्गा दिएका जग्गा दाता परिवारका सदस्य एवं व्यवस्थापन समितिका अध्यक्ष अखिलेश्वर चौधरीलगायत पर्सा जिल्लाका विभिन्न विद्यालयमा जग्गा दिएका दाता परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
महोत्सवमा थारु संस्कृति झल्कने घाटो, सामा चकेवा, झम्टा, थारु पूर्वी नाचको प्रदर्शनी गरिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












