नेविसंघ महाधिवेशन : महर नेतृत्वको कार्यसमिती काम चलाउ, तदर्थ समिती बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दा समेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको भए पनि नेतृत्वको असफलताले सिंगो नेविसंघ नै ध्वस्त हुने स्थितिमा पुगेको छ ।
दिइएको कार्यकाल बुधबार सकिएपछि अब माउ पार्टी नेपाली काँग्रेसले तदर्थ समिति बनाउने सम्भावना बढेको छ । विधानमा एक पटकमात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भए अनुसार सो समय दिइए पनि उक्त समयभित्र अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले दुई महिना समय थपेका थिए।
थपिएको समयभित्र १४ जिल्लामा मात्र अधिवेशन भएको थियो । अन्य जिल्ला संगसंगै क्याम्पसहरुमा अधिवेशन हुन सकेको छैन । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केही समय अगाडि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् । म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधबारदेखि माघ १० गतेसम्म पार्टीले कामचलाउ रुपान्तरण गरेको छ।
तदर्थ समिति आउने सम्भावना दुई पटक थपिएको समयले पनि महाधिवेशन हुन नसकेपछि अब नेविसंघमा तदर्थ समिति आउने सम्भावना बढेको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।
धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दावी छ ।अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नु पर्ने भएकाले तदर्थ समितिको नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप थालेका छन् ।
यी हुन् दावेदार
नेविसंघमा काँग्रेस गुटको छायाँ परेकाले सभापति देउवा पक्षबाट ऋषिकेशजङ्ग शाह,राजिव ढुङ्गाना, सरोज थापा, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन्। यी नाम मध्ये पनि नेपाल विद्यार्थी संघलाई बलियो र संगठानिक हिसाबले शक्तिशाली बनाएको कारणले ऋषिकेशजङ्ग शाहलाई देउवा समुहले अध्यक्ष बनाउन चहान्छ।
शाहले नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनमा पौडेल समुहको पकड भएको बेला पनि देउवा पक्षको उम्मेदवारलाई बिजयी बनाउन गरेको योगदानका कारण पनि शाहलाई देउवा समुहबाट आउने तदर्थ समितिको अध्यक्ष बन्ने पक्का जस्तै भएको छ भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् ।
त्यसैगरी कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डेय, बलदेव तिमिल्सिना लगायतले अध्यक्षको दावी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












