अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर नेपालमा गाईपालन
रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।
दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उहाँहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लाग्नुभएको छ । अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ ।
फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।”
केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ ।
नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताउनुभयोे ।
उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भन्नुभयो, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।”
माडीलाई कृषि र पर्यटनमा व्यवस्थित गर्न अघि बढेका छौँ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो, “उपयोगविहीन सार्वजनिक जग्गा प्रयोगमा आउनु राम्रो कुरा हो । फार्मले घाँस लगाएपछि खेती गर्न छाडेका जमीनमा स्थानीय कृषकले पुनः खेती गर्ने वातावरण बनेको छ । यसबाट माडीवासी र नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्छ ।” उक्त फार्मले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
माडी दूधमा आत्मनिर्भर
छ वर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ हाल दैनिक पाँच हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान (डिडीसी) ले छ वर्षदेखि दूध खरिद गर्न थालेकाले यहाँका कृषकले व्यावसायिक रुपमा गाई, भैँसी पाल्न थालेका थिए । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष सूर्य भुसालका अनुसार ३५ भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्ने गरेका छन् । उत्पादित दूधलाई भण्डारण गर्न माडी–१ र ७ मा एक÷एक चिस्यान केन्द्र छन् ।
“माडीमा सात वर्षअघि व्यावसायिक गाई तथा भैँसीपालक कृषक थिएनन्,” अध्यक्ष भुसालले भन्नुभयो, “दुई वर्षदेखि व्यावसायिक गाई तथा भैँसीपालन शुरु भएको हो । अहिले एक जनाले ५० सम्म गाई, भैँसी पालेका छन् ।”
यहाँबाट दैनिक पाँच हजार लिटर बजारमा खपत हुन्छ । चार हजार लिटर दूध डिडीसीले खरिद गर्छ भने बाँकी एक हजार लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ । कृषकले दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले उनन्त जातका गाई तथा भैँसी पाल्न थालेका जानकारी दिँदै अध्यक्ष भुसालले भन्नुभयो, “डिडीसीले विभिन्न सङ्घसंस्थाका १२ सङ्कलन केन्द्रमार्फत दूध खरिद गर्छ । नगरपालिकाले यस वर्षदेखि डिडीसीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर रु तीनको दरले अनुदान दिने व्यवस्था गरेको छ ।”
नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहित गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको पनि व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












