केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर-जिम्मेवार : प्रकाशचन्द्र लोहनी
काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैर-जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
अध्यक्ष लोहनीले प्रधानमन्त्री आफैंले ‘सहमति गरेर कार्यान्वयन गर्ने समयमा संसदमा गइसकेको छ मेरो केही जिम्मेवारी छैन’ भन्नु गलत भएको टिप्पणी गरे।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोहनीले प्रतिवद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ ? भनि प्रश्न गरे।
दुई तिहाइको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दु:खद भएको बताए।
सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको बताए।
उनले वाइड बडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफू अनुकूल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए।
डाक्टर लोहनीले दुई तिहाइको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पुँजीवादतर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहिरहे अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपाल कालो सूचीमा पर्ने दाबी गरे।
उनले निर्मला पन्तको हत्या पछिको बलात्कार घटनाका प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार...
-
सात जिल्लाका सीडीओसहित १२ अधिकारीको सरुवा
काठमाडौं । सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं, कैलाली, सुनसरीलगायत जिल्लाका...
-
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका हुन् । एमालेको केन्द्रीय कार्यालय,...
-
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्दै
काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज...
-
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश...