केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर-जिम्मेवार : प्रकाशचन्द्र लोहनी
काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैर-जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
अध्यक्ष लोहनीले प्रधानमन्त्री आफैंले ‘सहमति गरेर कार्यान्वयन गर्ने समयमा संसदमा गइसकेको छ मेरो केही जिम्मेवारी छैन’ भन्नु गलत भएको टिप्पणी गरे।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोहनीले प्रतिवद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ ? भनि प्रश्न गरे।
दुई तिहाइको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दु:खद भएको बताए।
सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको बताए।
उनले वाइड बडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफू अनुकूल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए।
डाक्टर लोहनीले दुई तिहाइको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पुँजीवादतर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहिरहे अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपाल कालो सूचीमा पर्ने दाबी गरे।
उनले निर्मला पन्तको हत्या पछिको बलात्कार घटनाका प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












