मेलम्ची ठेक्का रद्द प्रक्रिया सुरु

काठमाडौं । असुरक्षाको कारण देखाउँदै काममा फर्कन नमानेपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्दको प्रक्रिया सुरु गरेको छ । मेलम्ची खानेपानी बोर्डले आइतबार ठेकेदारलाई १४ दिने सूचना जारी गरेको छ ।
सरकार र ठेकेदारबीच भएको ठेक्का सम्झौताको दफा १५.२ अनुसार ठेक्का रद्द गर्नुअघि १४ दिने सूचना दिनुपर्छ । यही प्रावधानलाई टेकेर मेलम्ची खानेपानी बोर्डले आइतबार उक्त सूचना जारी गर्ने निर्णय गरेको हो ।
आयोजना स्रोतका अनुसार ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ‘बाध्य भएर’ ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गर्नुपरेको हो । ‘१४ दिनसम्म पनि ठेकेदार सम्पर्कमा आएन भने स्वतः ठेक्का रद्द हुनेछ,’ आयोजना स्रोतले अन्नपूर्णसित भन्यो ।
उता ठेकेदारले सरकारी कर्मचारीले आफूहरुलाई बन्दी बनाउने, धरपकड गर्ने, राहदानी जफत गर्ने लगायतका काम कारबाही गरेकाले असुरक्षित भएको महसुुस गर्दै सरकारलाई वार्ता गर्न अघिल्लो साता लण्डनमा बोलाएको थियो ।
सरकार लण्डन गएन । लण्डन प्रस्तावउपर उसले कुनै कारबाही नगरी मौन बस्दै आएको थियो । ठेकेदारले आफूले पाउनु पर्ने ३६ करोड रुपैयाँ सरकारले नदिएका कारण देखाउँदै गत पुस २ गते एकतर्फी ठेक्का रद्द गरेको थियो ।
सरकारले नयाँ ठेकेदार नियुक्ती गरी मेलम्ची काम सुरु गरेमा अर्काे तीन वर्षमा आयोजना पूरा हुनेछ । सरकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्घोष गर्दै आएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












