अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर
“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।
इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ ।
“मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,” एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले बताए
इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकामा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ ।
गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल “रेड डेड रिडेम्पसन २” को बिक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः “ब्याक अप्स ४” र “कल अफ ड्युटी” रहेका थिए ।
इएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए ।
अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन् । यस उद्योगमा दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











