कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ ।
कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि ठाउँ अभाव भएको कारागारका प्रमुख श्यामप्रसाद भट्टले बताए । “थप कैंदीबन्दीलाई राख्नका लागि भवनको अभाव छ”, उनले भने, “त्यसैले ग्यालरी र भान्सामा कैदीबन्दीलाई सुताउनु परेको छ ।” कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुबै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् ।
चिसोसँगै न्यानो ओढ्ने कपडाको समेत अभाव रहेको प्रमुख भट्टले जानकारी दिए । भवन निर्माणका लागि कारागार व्यवस्था विभागमा जानकारी गराइए पनि सुनवाई हुन नसक्दा कैंदीबन्दीले सुत्नका लागि सास्ती खेप्नु परेको उनले बताए । कारागारका बर्षौ पुराना जिर्ण भवनको मर्मत सम्भारको कार्य हुन सकेको छैन । पुराना भवन चुहिने भएकाले बर्षातका बेला कैंदीबन्दीले झनै सास्ती खेप्नु परेको छ ।
भवन भित्रै त्रिपालको छाना बनाएर कारागार प्रशानले कैंदीबन्दीलाई राख्नुपर्ने बाध्यता छ । भवनमा बर्षौ पहिले लगाईएका इट्टा समेत खिइएर झर्न थालेका छन् । पर्खाल भित्रको च्यानल गेट समेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् ।
कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको प्रमुख भट्टको भनाई छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच विघा क्षेत्रफलमा फैलिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












