काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै
काठमाडौँ ।
काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताए ।
अध्यक्ष शाक्यले भने, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।” पुनःनिर्माणको जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड २२ लाख खर्च भइसकेको पनि जानकारी दिए । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।
गार्खा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले काष्ठमण्डप सातौँ शताब्दीको हो भन्ने प्रमाणित भएको बताउँदै सम्पदाको मर्मत र उपयोगमा सावधानी नअपनाउँदा काठमाडौँले भूकम्पबाट व्यहोरेको क्षतिलाई सिकाइका रुपमा हेरिनुपर्ने बताए ।
सम्पदा पुनःनिर्माणका समग्र प्रगतिलाई हेर्दा काष्ठमण्डपको प्रगति सन्तोषजनक छ । यसबाट अन्य सम्पदा पुनःनिर्माण गर्न पनि पाठ सिक्नुपर्ने संस्कृतिविद् प्राडा सुदर्शनराज तिवारीले भनाइ राखे ।
गत वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिसकिएको छ । संरचनाविद् पे्रमनाथ मास्केले परम्परागत नेपाली शैलीमा निर्माण हुने यस सम्पदा उत्कृष्ठ हुने धारणा राखे ।
काष्ठमण्डपका झ्यालहरु निर्माण गर्नका लागि काठको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
डकर्मी समूहलाई बोलाइ काष्ठमण्डपको जगको गारोको साइटको जाँचबुझ गर्ने काम शुरु गरिएको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । काष्ठण्डपको मूल थाम, निदाल तथा अन्य थामका लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
समितिले जानकारी दिएअनुसार इँटा ल्याउने क्रम जारी नै छ । अहिले ठूला काठ ल्याउने काम हुँदैछ भने आउँदो माघ १५ गतेसम्ममा काष्ठमण्डपका मुख्य चारवटा थाम उठाइसक्ने लक्ष्य छ । काष्ठमण्डप ऐतिहासिक सम्पदा भएकाले निर्माणका क्रममा प्रत्येक चरणको जानकारी राख्नुपर्ने र सम्पदालाई लामो समयसम्म बाचाइराख्न समय समयमा तीनको मर्मतसम्भार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












