६३ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।
कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिशामुक्त क्षेत्र घोषणा भएकोे बताउँछन् । “तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिशामुक्त घोषणा गर्न ढिलाई भएको हो,” उनी भन्छन् ।
अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिशामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ ।
यस्तै बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारले विसं २०६० को दशकदेखि शुरु गरेकोे उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












