स्वीट्जरल्याण्ड भ्रमण सफल रह्योः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताएका छन् ।
डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताए ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुँदा आफूले उद्यमशीलताको विकास, गरीब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र ‘प्रेस’ स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायत विषयमा नेपालको धारणा व्यक्त गरेको जानकारी दिए ।
“लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरेँ” लोकतन्त्रमा अरुको अधिकारको सम्मान गर्ने तथा व्यक्ति, परिवार र समाजमा गलत सूचना प्रवाह गर्न नहुने प्रेसको दायित्व र नेपाली प्रेसले उपभोग गरेका प्रेस स्वतन्त्रताका विविध पक्ष ती छलफलमा उजागर गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने ।
मञ्चमा भाग लिन आउनुभएका विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग भएका आफूले अनौपचारिक विचारविमर्श गरेको चर्चा गर्दै ती सबै छलफलमा आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकार दत्तचित्त भएर लागेको जानकारी दिएको बताए।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सङ्घीय प्रतिनिधिसभाबाट शुक्रबार पारित भएकामा त्यसको प्रतिपक्षी दललगायत अन्य असन्तुष्ट पक्षले गरेको विरोधसम्बन्धी जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले सबै समस्याको समाधान वार्ता र संवादबाटै गर्नुपर्नेमा जोड दिए ।
“आवेश र उत्तेजनामा होइन देशको संविधान, कानून तथा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, संविधानभन्दा माथि कोही छैन,” उनले भने ।
प्रधानमन्त्रीलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका सचिव निमित्त परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











