जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा खानेपानीको पाइप फुट्यो, सवारी आवागमनमा बाधा
काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ ।
एक साताअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण सुन्दरीजलबाट ल्याइएको वाग्मतीको पानीको पाइप फुटेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका प्रमुख उमेशबाबु मरहट्ठाले आजभोलिमै काम सकी सडक बाधारहित रुपमा सञ्चालन हुने बताए ।
चारदिनदेखि शुरु भएको काम नसकिँदा आवतजावतमै समस्या भएको स्थानीयवासीको गुनासो छ । साँघुरो सडकमा पाइप फेर्ने काम गरिँदा सवारी घण्टौँ जाममा पर्ने गरेका छन् । गोकर्णेश्वर महादेव मन्दिर र भगवतीस्थान मन्दिरअघिको साँघुरो सडकमा पाइप फुटेकाले सुन्दरीजल, सुन्ताखान, पाखाथोक, नाम्गेललगायत स्थानबाट रत्नपार्क र रत्नपार्कबाट त्यसतर्फ जाने सवारीको आवागमनमा समस्या भएको स्थानीयवासी श्यामकृष्ण श्रेष्ठले गुनासो गरे ।
नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले लिमिटेडसँग समन्वय गरी आजभोलिमै काम सक्न लागिएको बताउनुभयो । विसं २०५२ मा हाजमा कम्पनीले राखेको ठूलो पाइप निर्देशनालयले राखेको नयाँ पाइपका कारण फुटेको हो । सो पाइपबाट लिमिटेडको महाँकालचौर शाखास्थित पानीपोखरीमा पानी खसाली प्रशोधन गरेर उपत्यकामा वितरण हुने गरेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












