विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक
सुर्खेत ।
कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण, योजना निर्माण र कार्यान्वयन, अन्तर समन्वय र सहकार्यलगायत विषयमा छलफल केन्द्रित भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले बताए ।
सात समूहमा पहिलो आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, दोस्रो आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, तेस्रो सामाजिक विकासमन्त्री दल रावल र चौथो भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले नेतृत्व गरेका छन् । त्यस्तै पाँचौ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, छैटौँ भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री र सातौँ प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले नेतृत्व गरेका छन् ।
छलफल स्थानीय तह, प्रदेश तथा सङ्घको एकल तथा साझा अधिकारको स्पष्टता, समन्वय, सहकार्य र सहअस्तित्व, कानून निर्माण, शिक्षा, स्वास्थ्य र कृषिको नीतिगत र संरचनागत स्वरुप निर्धारणमा केन्द्रित छ ।
पूर्वाधार विकास, जलविद्युत्, पर्यटन, सञ्चार, खानेपानी, पाँच वर्षभित्र कर्णाली प्रदेशका नागरिकको प्रतिव्यक्ति आय दुई हजार १०० डलर पु¥याउने विषयको सुनिश्चितता गरी कर्णाली प्रदेशको आवधिक तथा गुरुयोजना निर्माण गर्नेतर्फ जोड दिइएको छ ।
छलफलबाट आएका नीतिगत सुझावलाई समष्टिगत गरी समन्वय परिषद् बैठकले आगामी कर्णाली प्रदेश विकास नमूनाको आधारपत्र तयार गरी कार्यान्वयन गर्ने साझा प्रतिबद्धता घोषणा गरिनेछ ।
छलफलमा प्रदेश सरकारका मन्त्री, सङ्घीय संसद्, कानूनविद्, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलगायत प्रमुख प्रशासकीय अधिकृतको सहभागिता छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












