विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक
सुर्खेत ।
कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण, योजना निर्माण र कार्यान्वयन, अन्तर समन्वय र सहकार्यलगायत विषयमा छलफल केन्द्रित भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले बताए ।
सात समूहमा पहिलो आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, दोस्रो आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, तेस्रो सामाजिक विकासमन्त्री दल रावल र चौथो भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले नेतृत्व गरेका छन् । त्यस्तै पाँचौ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, छैटौँ भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री र सातौँ प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले नेतृत्व गरेका छन् ।
छलफल स्थानीय तह, प्रदेश तथा सङ्घको एकल तथा साझा अधिकारको स्पष्टता, समन्वय, सहकार्य र सहअस्तित्व, कानून निर्माण, शिक्षा, स्वास्थ्य र कृषिको नीतिगत र संरचनागत स्वरुप निर्धारणमा केन्द्रित छ ।
पूर्वाधार विकास, जलविद्युत्, पर्यटन, सञ्चार, खानेपानी, पाँच वर्षभित्र कर्णाली प्रदेशका नागरिकको प्रतिव्यक्ति आय दुई हजार १०० डलर पु¥याउने विषयको सुनिश्चितता गरी कर्णाली प्रदेशको आवधिक तथा गुरुयोजना निर्माण गर्नेतर्फ जोड दिइएको छ ।
छलफलबाट आएका नीतिगत सुझावलाई समष्टिगत गरी समन्वय परिषद् बैठकले आगामी कर्णाली प्रदेश विकास नमूनाको आधारपत्र तयार गरी कार्यान्वयन गर्ने साझा प्रतिबद्धता घोषणा गरिनेछ ।
छलफलमा प्रदेश सरकारका मन्त्री, सङ्घीय संसद्, कानूनविद्, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलगायत प्रमुख प्रशासकीय अधिकृतको सहभागिता छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












