पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालका महाथिर महासेठ हुन् प्रवक्ता सिंह
काठमाडौं, १६ माघ । नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले राजनीतिलाई धन्दाबाट सेवामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
ुमैले राजनीतिलाई घृणा गर्ने मानिसहरुलाई भेटिरहेको छु,ु उहाँले प्रश्न गर्नुभयो, ुराजनीतिलाई घृणा गरेको हो कि धन्दालाई रु धन्दालाई घृणा गरेको हो भने असल राजनीतिका विकल्प खोज्न हिच्किचाउनु हुँदैन ।ु
नेपालमा राजनीति राजनीतिजस्तै नरहेको भन्दै उहाँले असल समृद्धिको लागि असल राजनीतिको औचित्यमाथि जोड दिनुभयो । ुनेपालमा राजनीति नजिकका मानिसलाई जीवन निर्वाह गरिदिने धन्दामा रुपान्तरण भयो । राजनीति खराब कुरा होइन । तर हाम्रोमा राजनीति राजनीति जस्तै रहेन,ु उहाँले बताउनुभयो ।
राज्य संयन्त्र नै नेताका आफन्त र पार्टीका सीमित मानिसको सेवामा दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसमा परिवर्तन बिना नेपाली जनताको समृद्धिको सपना पूरा नहुने बताउनुभयो । नेपाली राजनीतिमा नयाँ चिन्तनको आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो, ुहामीले जसको लागि राजनीति गर्ने भनिरहेका छौं, उहाँहरुको मष्तिष्कमा के चलिरहेको छ, त्यो बुझ्न हामी जनसंवाद यात्रामा आएका हौं ।ु
स्वर्गजस्तो गाउँ रित्तिजै जानु चिन्ताजनक भएको भन्दै उहाँले ऊर्जाशील युवा विदेश लखेटेर हामीले कस्तो समृद्धि गर्छौं भन्दै प्रश्न गर्नुभयो । ुगाउँ स्वर्गजस्तो छ । तर, मानिसहरु किन छाडेर हिंडिरहेका छन् गाउँ किन रित्तो भइरहेको छ राजनीति गर्ने मानिसहरुले यसको जवाफ दिनुपर्छ,ु उहाँले बताउनुभयो ।
प्रवक्ता सिंहले नयाँ शक्ति समावेशी पार्टी रहेको बताउनुभयो । ुनयाँ शक्ति जातिवादी पार्टी होइन, यो त समावेशी पार्टी हो । नेपाल बहुसांस्कृतिक, बहुभाषी र बहुजातीय समाज भएकोले यहाँको विविधतालाई शक्तिको रुपमा व्यवस्थापन गरेर समावेशी विकास गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ,ु उहाँले भन्नुभयो । संसारको सबैभन्दा समृद्ध देशहरु समावेशी देशहरु भएको र सबैभन्दा गरिब देशहरुमा जातीय र धार्मिक द्वन्द्व रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो ।
प्रवक्ता सिंहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसियाका महाथिर महासेठसँग तुलना गर्दै भन्नुभयो, ुमहाथिरले ९२ वर्षको उमेरमा आफ्नै पुरानो पार्टीलाई हराएर प्रधानमन्त्री हुनुभयो, मैले हाम्रो संयोजक भट्टराईमा पनि त्यही सम्भावना देख्छु ।ु
संवादमा संयोजक डा। बाबुराम भट्टराई, पूर्वमन्त्री तथा हेडक्वाटर सदस्यहरु परशुराम खापुङ र हिसिला यमी, हेडक्वाटर सदस्यहरु नवराज सुवेदी, गंगा श्रेष्ठ र डम्बर खतिवडा, कृषि विज्ञ तथा विज्ञ परिषदका नेता मदन राई, नेतृ दुर्गा सोब, कमला गुरुङलगायत सहभागी हुनुहुन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












