तपाईको आजको दिन कस्तो छ हेर्नु आजको राशिफल
वि.सं २०७५ साल माघ १८ गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी १ तारिख। नेपाल संवत् ११३९ पोहेलागा। माघ कृष्णपक्ष।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्य(उपचारमा खर्च बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। तापनि सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तापनि मिहिनेतले मौका अवश्यै दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। कुनै अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। स्वास्थ्य(चिन्ताले सताउन सक्छ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले काम बन्न सक्छ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
काममा विलम्ब भए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। रमाइलो भेटघाटका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
धेरै आम्दानी नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसरसमेत प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर मिल्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












