नेपाल भर्सेस युएईः निर्णायक खेलमा कसले मार्ला बाजी ?
युएइसँगको टी—ट्वेन्टी सिरिज अन्तर्गत नेपालले आज निर्णायक खेल खेल्दै छ । यसअघि भएको पहिलो खेलमा हार दोस्रो खेलमा जित निकाल्दै सिरिज १—१ बराबरीमा पुर्याएको नेपालका लागि उपाधि कब्जा गर्न आजको खेल जित्नैपर्ने छ ।
आजको खेल जित्नेले टी २० सिरिज जित्नेछ। खेल आज दिउँसो नेपाली समय अनुसार २ः ४५ बजे दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ।
तीन खेलको ओडिआई सिरिजमा पनि नेपालले पहिलो खेल हारेर बाँकी दुई खेल जित्दै सिरिज जितेको थियो।
टी २० मा पनि नेपालले पहिलो खेल युएईसँग २१ रनले गुमाएको थियो। तर दोस्रो खेलमा बलरको उत्कृष्ट प्रदर्शन र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ४ विकेटले जितेको थियो।
पहिलो टी २०मा सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि नेपाल जितसम्म पुग्न सकेको थियो। जोराले टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए।
अब तेस्रो खेल पनि जित्दै पहिलो पटक टी २० सिरिज जित्ने अवसर नेपालसामु छ। नेपालले यसअघि खेलेका टी-२० सिरिज अहिलेसम्म जित्न सकेको छैन।
युएई गएका १६ मध्ये यसपटक नेपाली टिममा चार नयाँ खेलाडी थिए। चारमध्ये सन्दीप जोरासँगै पवन सर्राफ र अभिनाश बोहराले टी २० इन्टरनेशनलमा डेब्यु गरिसकेका छन्। भीम सार्कीले भने अझै पनि कुनै खेल खेल्न पाएका छैनन्। आजको खेलमा भीमले खेल्ने अवसर पाए नेपालको सिनियर टिम र टी २० इन्टरनेशनलमा उनको डेब्यू हुनेछ।
ओडिआईमा भने नेपालका चार खेलाडीले डेब्यु गरे। जोरा र पवनसँगै विनोद भण्डारी र ललित नारायण राजवंशीले युएईविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका हुन्। ओडिआई नखेलेका प्रदिप ऐरीले टी २० मा विकेट किपर र ओपनरको भूमिमा निर्वाह गरिरहेका छन्।
Live Link: Nepal VS UAE LIVE
Comments
अरु समाचार
-
अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय...
-
चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने...
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...












