रुकुममा अझै निषेधित क्षेत्र कायमै
रुकुम । जिल्लामा दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै छ । स्थायी सदरमुकाम कायमको माग गर्दै रुकुमकोट सदरमुकाम पक्षधर आन्दोलनमा उत्रिएको छ भने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाँडा सदरमुकाम पक्षधरले आन्दोलन गरिरहेका छन् ।
सर्वसाधारण त्रसित छन् । गोलखाँडा सरोकार समितिले माघ २२ गते रुकुमकोटमा आएर शान्तिपूर्ण ¥याली निकाल्ने तयारी गरेको थियो । रुकुमकोट सदरमुकाम पक्षधरले आन्दोलन भइरहेको ठाउँमा अर्को टोली आएर आन्दोलन गर्न नपाइने भन्दै आफ्नो अडान नछाडेपछि तत्कालीन सरकारले सदरमुकाम तोकेको पुथा उत्तरगङ्गा गाउँपालिका १२ को गोलखाँडामा गोलखाँडा पक्षधरले ¥याली निकालेको थियोे ।
उक्त ¥याली आज रुकुमकोट नजिकैसम्म पुग्ने आन्दोलनका अगुवा पुणीराज घर्तीले बताए । उनका अनुसार आन्दोलनका केही नेतृत्वकर्ताले रुकुमकोटमा पुगेर प्रशासनलाई ज्ञापनपत्र बुझाउने छन् । अस्थायी सदरमुकाम रुकुमकोटमा भने आइतबार साँझ ७ बजेदेखि चार किल्ला तोकेर अनिश्चितकालका लागि गरिएको निषेधित क्षेत्र घोषणा जारी छ ।
रुकुमकोटको चार किल्लाभित्र कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रम गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रुकुमकोट पक्षधरका आन्दोलनकारीले सिङ्गो रुकुम जिल्ला हुँदा पहिले पनि एक पटक रुकुमकोटबाट सदरमुकाम खोसिएका कारण यसपाली मुखैमा आएको गाँस कसैले खोस्न नपाइने र खोसेमा कुनै पनि हालतमा चुप लागेर नबस्ने बताएका छन् ।
पहिले पनि एक पटक सदरमुकाम गुमाउँदाको पीडा महसुस गरिसकेका रुकुमकोटवासीले फेरि पनि आफुमाथि त्यही अन्याय नगर्न आग्रह गर्दै आएका छन् । यता गोलखाँडा सदरमुकाम पक्षधरका आन्दोलनकारीले पनि सदियौंदेखि पछाडि पार्दै आएको ठाउँमा सदरमुकाम तोकेर तत्कालीन सरकाले न्याय दिलाएको बताएका छन् ।
कुनै पनि हालतमा सदरमुकाम गोलखाँडामा लगेरै छोड्ने उनीहरु बताउँछन् । रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाँडामा राख्ने निर्णय गरेसँगै रुकुमकोट र त्यस आसपासका नागरिक आन्दोलनमा उत्रिएका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो ।
उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि मत्थर भएको आन्दोलन पुनःमाघ १४ गतेबाट रुकुमकोट सदरमुकाम पक्षधर र गोलखाँडा पक्षधरले सशक्त बनाएका हुन । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्चले सरकार र रिट निवेदकलाई पटक÷पटक पेसी र साधारण तारिखमा बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुबै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












